Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

निर्वाचनमा धोका दिनेलाई ठेगान लगाउने बेला आयोः डीना

242363891_843580169592798-1632402004.jpg

७ असोज, हेटौंडा । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले कांग्रेसको १४ औं महाधिवेशनमा फुटेर हैन जुटेर लाग्न आग्रह गरेकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि रहेकी नेतृ डीनाले महाधिवेशनले कांग्रेसलाई अझ जुझारु र ससक्त बनाउँने विश्वास व्यक्त गरिन । 
उनले १४ औं महाधिवेशन स्वच्छताको महाधिवेशन भएको पनि उल्लेख गरिन् । नेतृ डीनाले विगतमा निर्वाचनको बेला कांग्रेसको उम्मेदवारलाई मत नहाल्ने र उम्मेदवारहरु हराउँन लाग्नेलाई ठेगान लगाउँने बेला आएको उल्लेख गर्दै नेतृत्वमा जान खोज्नेलाई मात्र हैन कांग्रेस र नेपाली जनताको पक्षमा काम गर्न सक्नेलाई छान्ने बेलाएको बताईन् । 
यसैगरी उनले सही कांग्रेसलाई चिन्न र नेतृत्वमा लैजान सके आगामी निर्वाचनपछि कांग्रेसको दुई तिहाईको सरकार बन्ने दावी पनि गरिन् । उनले विगत तीन बर्षको अवधिमा नेपाली जनताले कम्युनिष्टहरुलाई राम्रोसँग चिन्ने अवसर पाएको दावी गर्दै अब नेपाली जनताले कांग्रेसलाई जिताउने विश्वास व्यक्त गरिन । 
यस्तै कांग्रेस मकवानपुर सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले कांग्रेस अहिले जनताको विश्वास र भरोसालाई यथार्थमा परिणत गर्न लागि परेको बताए । उनले हरेक राष्ट्रिय संकटको घडिमा नेपाली जनताको अगाडी नेपाली कांग्रेस खरो उत्रिएको स्मरण गराउँदै दुईतिहाईको कम्युनिष्ट सरकारले संविधान नै सिध्याउने खोजेपछि संविधानको रक्षाका लागी नेपाली कांग्रेस सरकारको नेतृत्वमा पुगेको दावी गरे । 
उनले तत्काल नेपाली कांग्रेस प्रतिपक्षीमा रहेपनि जनताको विश्वास र भरोसका कारण सरकारमा जानुपरेको बताउँदै नेता बानियाँले कांग्रेसले नेपाली जनताको भरोसालाई कायम राख्ने बताए । उनले नेपाली कांग्रेस महाधिवेशनमा रहेको स्मरण गराउँदै महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नु कांग्रेका हरेक क्रियाशिल सदस्यको जिम्मेवारी भएकोले उक्त जिम्मेवारी पुरा गर्न आग्रह गरे ।
उपमहानगर सभापति आनन्दराम पराजुलीले कांग्रेसको खोल ओढेर कांग्रेसकै उम्मेदावरलार्य विगतको चुनावमा धोका दिनेलाई चिन्ने वेला आएको बताए । उनले १४ औं महाधिवेशनको समयमा कस्ता व्यक्तिलाई पार्टीको नेतृत्व दिने भन्नेकुरा निक्र्यौल गर्नुपर्ने बताउँदै हाम्रालाई हैन राम्रालाई छान्न आग्रह गरे ।

कार्यक्रममा संघीय सभापतिद्वय यतिराज सापकोटा, दामोदर खनाल, क्षेत्रीय सभापतिद्वय तारानाथ चौलागाईं, लोक मोक्तान लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति बिष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, सहसचिव रामबाबु बानियाँ, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, प्रवक्ता प्रदिप कोइराला जिल्ला सदस्य, सल्लाहकार तथा भ्रातृ तथा सुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनकामना केबलकार भोली बन्द रहने
1713426533018-1713426543.jpg

६ बैशाख, हेटौंडा।  गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर पुग्ने मनकामना केबलकार शुक्रबार बन्द रहने...

महालेखा परीक्षकमा तोयम राय नियुक्त
Toyam-Ray-1713423086.jpg

६ बैशाख, जनकपुर । तोयम राय बिहिबार महालेखा परीक्षकमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको...

महिलाको शव जलेको अवस्थामा फेला, बालिकाको मृत्यु
Dead-Body-1713422719.jpg

६ बैशाख, जनकपुर । जनकपुरमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ । शव महोत्तरीको मनरा सिसवा नगरपालिकाकी...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold-1713421737.jpg

६ बैशाख, काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ६ सय रुपैंयाले घटेको हो...

यसरी टिकाउन सकिन्छ सबै विद्यार्थीहरुलाई
Balkumar-1713421203.jpg

नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...

आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै
vitamin-A-1713406039.jpg

६ बैशाख, हेटौंडा । ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाइदै छ...

एकीकृत समाजवादीको महाधिवेशन असारमा
CPN-Unified-Socialist-Par-1713405659.png

६ बैशाख, हेटौंडा । नेकपा एकीकृत समाजवादीले दशौँ राष्ट्रिय महाधिवेशनको मिति परिवर्तन गरेर असारमा पुर्‍याएको छ ।...

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
Screenshot_20230619_06472-1713405281.jpg

६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशीक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

आँचलको वक्तृत्वकलामा आकांक्षा निरौला प्रथम
ddd-1713401967.jpg

६ बैशाख, हेटौंडा । आँचल साहित्य कला पुञ्ज मकवानपुरले ३१ औं पारिजात स्मृति दिवसको सन्दर्भमा आयोजित ‘नेपालको...

थप समाचार