Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

प्रहरीद्वारा ८ सय ३३ जना पक्राउ

hathkadi-1471247964.jpg

हरि हुमागाँई
३१ साउन, हेटौडा । मकवानपुर प्रहरीले विभिन्न अपराधमा संलग्न भएको अभियोगमा ८ सय ३३ जनालाई एक बर्षको अबधिमा पक्राउ गरेको छ । आर्थिक बर्ष २०७२÷०७३ मा एक बर्षमा अपराधमा संलग्नलाई पक्राउ गरेर मुद्धा समेत चलाएको हो । मकवानपुरमा सबैभन्दा बढी सार्वजनिक अपराध र लागूऔषध ओसार पसारमा मुद्धा बढि चलाईएको छ । बितेको आवमा ६ सय ८९ वटा मुद्धा चलाएर ३ सय ७ वटा मुद्धाको फर्छौट समेत गरिएको छ । 
अपराधमा संलग्न सबैभन्दा बढी पुरुष ७ सय ६५ जनालाई पक्राउ गरिएको छ भने २९ जना महिलालाई पक्राउ गरेको मकवानपुरका प्रहरी उपरीक्षक मिरा चौधरीले जानकारी दिईन् । बार्षिक प्रतिवेदन सार्वजनिक गर्दै चौधरीले बिभिन्न मुद्धामा फरार रहेका एक सय ४९ जना पुरुष र  ३९ महिलालाई पक्राउ समेत गरिएको छ । सबैभन्दा बढी सार्बजनिक अपराधमा मात्र प्रहरीले ३ सय जना पुरुष र ५ जना महिलालाई पक्राउ गरेको थियो । सार्बजनिक अपराधमा संलग्न ७५ जना फरार मध्येमा २५ जना पक्राउ गरिएको र अब ५० जना बाँकी रहेको बताइएको छ । सार्बजनिक अपराधमा मात्र बितेको बर्ष एक सय ५२ वटा सार्बजनिक मुद्धा चलाइएको थियो । त्यस मध्यमा एक सय २६ वटा मुद्धाको फच्यौट भएको छ भने अब २६ वटा मुद्धा मात्र फर्छौट हुन बाँकी रहेको छ ।
      यसैगरी सार्बजनिक अपराधपछी मकवानपुरमा लागूऔषध ओसार पसार गर्नेहरु धेरै  पक्राउ परेका छन् । लागूऔषध ओसार पसारमा २ सय २८ जना पुरुषलाई पक्राउ गरिएको छ । त्यसैगरी १० जना महिला पनि यसमा पक्राउ परेका छन् । फरार रहेका ११ जना पुरुष मध्यमा ५ जना पक्राउ गरिएको उनले बताईन् । लागूऔषधका सम्बन्धमा बितेको बर्ष एक सय ५७ वटा मुद्धा दर्ता भएको थियो । धेरैजसो लागूऔषध हेटौडा १७ रातोमाटे, बसपार्क, भैसे, बजार क्षेत्र लगायतका क्षेत्रबाट बरामद गरेर मानिस पक्राउ पर्दै आएका छन् । एक सय ५७ वटा मुद्धा मध्यमा एक सय एक वटा मुद्धाको फर्छौट गरिएको छ भने अब ५६ वटा मुद्धाको बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
      प्रहरीले बितेको आर्थिक बर्षमा कर्तब्य ज्यानमा ८ वटा मुद्धामा ३ जना महिला सहित १५ जनालाई पक्राउ गरेको छ । ज्यानमार्ने उद्योगमा १६ वटा मुद्धामा २० जना पुरुषलाई पक्राउ गरेको छ । मकवानपुरमा चोरीमा बितेको आर्थिक बर्षमा ४१ व्टा मुद्धामा ५८ जनालाई पक्राउ गरेको छ । जुवा सम्बन्धी मुद्धामा प्रहरीले ७ वटा मुद्धामा ३५ जनालाई पक्राउ गरेको छ । त्यसैगरी जबरजस्तीकरणीमा १७ वटा मुद्धामा १८ जनालाई पक्राउ गरिएको छ । जबरजस्ती करणी उद्योगमा १२ वटा मुद्धामा ९ जनालाई पक्राउ गरिएको छ । अरु ६ जना फरार रहेको प्रहरीले जनाएको छ । त्यसैगरी सवारी दुर्घटना सम्बन्धी ३६ वटा मुद्धामा ३४ जना पक्राउ गरिएको र २ जना फरार रहेका छन् । अपहरणमा एउटा मुद्धामा पाँचजना पक्राउ परेका छन् ।
       त्यसैगरी हातहतियार तथा खरखजनामा १० वटा मुद्धामा १४ जना पक्राउ परेका छन् भने अरु ४ जना फरार रहेको प्रहरी उपरिक्षक चौधरीले जानकारी दिईन् । यस जिल्लामा ठगीका सम्बन्धमा ८ वटा मुद्धा मात्र चलेको र २ जना महिला सहित १२ जनालाई पक्राउ गरिएको छ । यसैगरी बहुबिवाहमा १२ वटा मुद्धा चलेकोमा १५ जना पुरुष र ५ जना महिला पक्राउ परेका छन् । जिल्ला प्रहरीमा सबैधन्दा बढी चैत महिलामा ८८ वटा मुद्धा चलेको थियो । बर्षभरीमा यो महिनामा बढी अपराधका घटना भएको प्रहरीको रेकर्ड छ । प्रहरीले बितेको साउनमा ६२ वटा, भदौमा ५१ वटा, असोजमा ३४ वटा, कार्तिकमा ४९ वटा, मंसिरमा ५३ वटा, पुसमा ४५ वटा, माघमा ५० वटा, फागुनमा ५१ वटा, चैतमा ८८ वटा, बैशाखमा ५७ वटा, जेठमा ७३ वटा र असारमा ७६ वटा मुद्धा दर्ता गरिएको छ । सबैभन्दा बढी चैत महिनामा एक सय २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार असार महिनामा ९५ जनालाई पक्राउ गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg