Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

यति पोलिकेममा सहमति

Y1-1471274846.jpg

३१ साउन, हेटौंडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको यति पोलिकेममा कार्यरत मजदुर र व्यवस्थापन पक्षबीच सोमबार अबेर सहमति भएको छ । २०७३ असार ९ गते माग राखेर संघर्षरत नेपाल कारखाना श्रमिक संघ, समग्र उद्योग ट्रेड युनियन र उद्योग व्यवस्थापन पक्षबीच श्रम कार्यालय हेटौँडामा भएको छलफलमा मजदुरका १० बुँदे मागमा सहमति जुटेको हो । 
सहमतिमा उद्योगमा कार्यरत कामदारमध्ये २४० दिन अविछिन्न हाजिर पुगेका कामदारलाई श्रम ऐन अनुसार नियुक्ति पत्र दिने, उद्योगमा कार्यरत कामदारलाई पद बर्गिकरण गर्ने, करारमा कार्यरत कामदारलाई सरकारले तोकेको पारिश्रमिक दिने, उमेर पुगेका कामदारलाई आपसी समझदारी अनुसार काममा लगाउने सहमति भएको छ । 
त्यसैगरी, आर्थिक मागतर्फ मासिक रकममा रात्रि भत्ता ५० रुपैँया, यातायात खर्च दुईसय रुपैँया, घर भाडा चारसय रुपैँया, धुलो खर्च एक सय रुपैराय र अन्य खर्च पाँच सय ५१ रुपैँया बृद्धि गर्ने निर्णय भएको छ । बोनस रकम, ओभर टाईमको पारिश्रमिक श्रम ऐन अनुसार गर्ने सहमति भएको छ । आवास कोष कर्जा सम्बन्धमा विना व्याज दरमा प्रतिष्ठानमा कार्यरत कामदारलाई आवश्यकता हेरी दुई जनाको लिखित जमानीमा बढिमा पचास हजार रुपैँया उपलव्ध गराउने र प्रतिष्ठानमा गठन हुने श्रम सम्बन्ध समितिले बनाउने नीति अनुसार  कर्जा प्रवाह हुने निर्णय भएको छ । छलफलमा श्रम सम्बन्ध समिति गठन, स्वेच्छिक राजिनामा सम्बन्धमा, मासिक स्वास्थ्य परीक्षण, पोशाक, बार्षिक ग्रेड, संचित विदा रकम लगायतका बारेमा समेत सहमति जुटेको छ ।
छलफलमा उद्योग व्यवस्थापनको तर्फबाट प्रदिपकेशर लामिछाने, दिनेश जोशी र सम्पूर्ण सुवेदी उपस्थित थिए भने कामदारको तर्फबाट विश्वराज श्रेष्ठ, सोम लामा, सरोज कार्की, अशोककुमार श्रेष्ठ, नारायण लुईटेल र हेमन्त लामा थिए । जिल्लाका ट्रेड युनियन नेताहरु हरिप्रसाद वाग्ले, कुमार पौडेल, विरेन्द्र लामा र श्रम कार्यालयका श्यामप्रसाद श्रेष्ठ छलफलमा उपस्थित थिए ।

Y2-1471274847.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

सुन तोलामा ७०० रुपैयाँ घट्यो
Screenshot_20251007_11590-1778653736.jpg

३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg