३ असोज, हेटौँडा । हेटौँडामा जारी राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधी नेपाल पुलिसले हात पारेको छ । मंगलबार हेटौँडा–१९ बस्तिपुरमा भएको फाइनल प्रतिष्पर्धामा नेपाल आर्मीलाई सहजै पराजित गर्दै पुलिसले उपाधी हात पारेको हो । पुलिसले आर्मीलाई २५–२०, २५–१६ र २५–२० को सोझो सेटमा पराजित गरेको छ ।
तेस्रो स्थानका लागि आयोजक मकवानपुर र सशस्त्र प्रहरीको एपिएफ क्लवबीचको खेलमा एपिएफ सशस्त्र विजयी भएको छ । एपिएफले आयोजक मकवानपुरलाई २५–१५, २५–१८ र २५–१६ को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल ग¥यो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडि पुलिसका कुलबहादुर थापा, उत्कृष्ट स्पाईकर आर्मीका कुलबहादुर भट्ट, लिफ्टर पुलिसका एमबहादुर राना, डिफेन्डर पुलिसका शम्सेर चन्द, व्लकर आमीका भैरव बम र कोच पुलिसका सरोज श्रेष्ठ घोषित भए ।
प्रतियोगितामा पहिलो टिमले नगद २ लाख, दोस्रोले नगद १ लाख, तेस्रोले ४० हजार र चौथोले नगद २५ हजार रुपैँया प्राप्त गरेका छन् । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रुपैँया, उत्कृष्ट व्लकर, लिफ्टर, स्पाईकर, डिफेन्स र लिवेरोलाई जनही ५ हजार रुपैँया प्रदान गरिएको कार्यक्रम संयोजक राजेश भेटवालले जानकारी दिए ।
हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता एवं केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान मकवानपुरका अध्यक्ष प्रताप विष्टको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी पुरनबहादुर जोशी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा लगायतको सहभागिता रहेको थियो ।
भदौं २० गतेबाट भएको प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा भएको हो ।
फोटोः सरोज तिमल्सिना
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















