३ असोज, हेटौंडा । हेटौडा–१६ मा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्थाले आव ०७३/०७४ मा ६ करोड ४३ लाखको कारोवार गर्न सफल भएको छ । संस्थाले चालु आव ०७४÷०७५ मा ७ करोड १४ लाखको कारोवार गर्ने लक्ष्य राखेको छ ।
संस्थाको मंगलवार सम्पन्न आठौं वार्षिक साधारण सभाको अवसरमा लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष प्रलाद घिमिरेले सो कुराको जानकारी गराउनु भएको हो । निक्षेप संकलन ३ करोड ६४ लाख, ऋण असुली १ कोड ९० लाख, लगानीबाट व्याज प्राप्त ३१ लाख, शेयर विक्री १७ लाख, विलम्व शुल्क २ लाख रहेको छ ।
साधारण सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन, लेखा संयोजक गोविन्द दहालले लेखा समितिको प्रतिवेदन,ऋण उपसमितिका संयोजक श्रीकृष्ण आचार्यले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभामा ज्येष्ठ सदस्य हरिप्रसाद अर्याल, उत्कृष्ठ बचतकर्ता ललिता अधिकारी, चन्दा गौतम,उत्कृष्ठ कारोवारी चण्डिका आचार्य, विमला राई, २०७३ सालको एसईईमा उत्कृष्ठ अंक ल्याउने सुविना चापागाई, साकार गजुरेल,अनिशा गजुरेल र बैठकमा धेरै पटक उपस्थिति हुने सञ्चालक सदस्य श्रीकृष्ण आचार्यलाई पुरस्कृत गरिएको थियो ।
डिभिजन सहकारी कार्यालय,मकवानपुरका सहकारी निरीक्षक अश्विनकुमार अर्यालको प्रमुख आतिथ्यतामा भएको भेलामा हेटौडा–१७ का वडा अध्यक्ष भैरवबहादुर राई, १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, मकवानपुर जिल्ला सहकारी संघका सञ्चालक सदस्य अर्जुनप्रसाद वाग्ले, किसान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री भण्डारी,गरिवी निवारण बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्णप्रसाद सापकोटा,संस्थाका सल्लाहकार जयप्रकाश घिमिरे लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















