Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा प्लाष्टिक झोला प्रतिवन्धको तयारी

Plastic-Jhola-1471336192.jpg

३२ साउन, हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले सरकारको निर्णय अनुसार नगरमा प्लाष्टिक र पोलिप्रोपोलिन झोला प्रतिवन्धको तयारी गरेको छ । यसअघि कालो रङको प्लाष्टिक झोला प्रतिवन्ध गरेको उपमहानगरपालिकाले सरकारले साउन १ गतेदेखि प्लाष्टिक र पोलिप्रोपोलिनको झोला प्रतिवन्ध गर्न निर्देशन गरेपछि तयारी थालेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय र जनसंख्या तथा वातावरण मन्त्रालयबाट मानव स्वास्थ्य, वातावरण र शहरी सौन्दर्यतामा प्रतिकुल असर पार्ने प्लाष्टिक र पोलिप्रोपोलिन झोला साउन १ गतेदेखि आयात, निर्यात र वितरणमा पूर्ण रुपमा बन्देज गराउने निर्णय भएको छ । सरकारको निर्णय कार्यान्वयनको तयारीका लागि उपमहानगरपालिकाले मंगलबार सरोकारवालाहरुसँग छलफल गरेको छ । छलफलमा सहभागीहरुले प्लाष्टिकको झोला स्वास्थ्य र नगरको सौन्दर्यको दृष्टिकोणले प्रतिकुल रहेकाले प्रतिवन्ध गर्नुपर्ने बताए । उनीहरुले एक्कासी प्रतिवन्ध गर्दा कार्यान्वयनमा समस्या पर्ने भएकाले प्रचारप्रसार र विकल्पबारे जानकारी दिंदै अघि बढ्नुपर्नेमा जोड दिए । 
छलफलले प्लाष्टिक र पोलिप्रोपोलिनको झोला प्रयोग नगर्न संचारमाध्यम, माईकिङ लगायतका माध्यमबाट नगरबासीलाई सचेत गराउने काम नगरपालिकाले गर्ने, यस्ता सामग्रीको स्टक, वितरण लगायतको बस्तुस्थितिबारे तथ्यांक ल्याउन मकवानपुर उद्योग बाणिज्य संघले सहयोग गर्ने र विकल्पको बारेमा अध्ययन गर्न नगरपालिकाका प्रवन्धक विके महर्जनको संयोजकत्वमा ७ सदस्यीय समिति बनाउने निर्णय गरेको छ । समितिमा घरेलु तथा साना उद्योग कार्यालय, मकवानपुर उद्योग बाणिज्य संघ, उद्योग संघ, उपभोक्तावादी संस्था, नेपाल पत्रकार महासंघ लगायत सदस्य रहने छन् । 
कार्यक्रममा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकरप्रसाद उपाध्याय, शहरी विकास अनुसन्धान तथा वातावरण महाशाखाका प्रवन्धक विके महर्जन, सामाजिक विकास महाशाखाका प्रवन्धक भीमप्रसाद तिमल्सिना, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल, निर्माण सामग्री व्यवसायी संघका अध्यक्ष मनोज जालान, जिल्ला प्रशासनका केशवप्रसाद ढोडारी, उपभोक्तावादी संस्था, टोल विकास संस्था, माछामासु व्यवसायी, तयारी पोशाक व्यवसायी, नागरिक समाज, पत्रकार लगायतको सहभागी रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार