५ असोज, हेटौँडा । हेटौडा–२ मा रहेको मकवानपुर नमूना बचत तथा ऋण सहकारी संस्थाले आव ०७३÷०७४ मा १२ करोड ५२ लाखको कारोवार गर्न सफल भएको छ । संस्थाको विहिवार हेटौडामा भएको १७ औं वार्षिक साधारण सभाको अवसरमा व्यवस्थापक निशा तिमल्सिनाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै यस्तो जानकारी गराएकी हुन् ।
शेयर पूँजी १ करोड २३ लाख, जगेडा कोष ८४ लाख, निक्षेप ६ करोड ९० लाख, तिर्न बाँकी ऋण २ करोड १७ लाख,लगानीबाट व्याज प्राप्त १ करोड १३ लाख रहेको छ । यसैगरी प्रशासनिक आम्दानी ७८ लाख, बैक व्याज ५ लाख, घरभाडा १ लाख ६५ हजार रहेको छ । साधारण सभामा संस्थाका अध्यक्ष मिठाराम दहालले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक देवराज अधिकारीले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक रमेशप्रसाद घिमिरेले ऋण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारण सभामा संस्थामा आवद्ध भै स्थानीय निकायमा विजयी हुने जनप्रतिनिधीहरु,असली कारोवारी राजकुमार पुडासैनी, असली बचतकर्ता माधवी सापकोटा, निता तामाङ, उत्कृष्ठ कृषक देवप्रसाद घिमिरे, उत्कृष्ट कुखुरापालक कालीमान तितुङ र उत्कृष्ठ पशुपालकमा रामहरी संजेललाई सम्मानित गरिएको थियो । यसैगरी ज्येष्ठ शेयर सदस्य हिरादेवी दहाल र होमनाथ विडारी, उतकृष्ट विद्यार्थीमा आश्वासन दाहाल, अनुराज गौतम र बन्दना दाहाल, पूरानो विद्यालयमा मकवानपुरगढी–२ कुर्लेमा रहेको बंशगोपाल मावि र खेलकुदमा क्रिकेटर रिजन ढकाललाई समेत सम्मानित गरिएको थियो ।
मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुृख आतिथ्यतामा भएको साधारण सभामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, जिल्ला सहकारी संघका सचिव राजु गौतम, जिल्ला बचत तथा ऋण सहकारी संघकी सचिव कल्पना श्रेष्ठ, उपाध्यक्ष नारायणप्रसाद देवकोटा, सल्लाहकार उद्धवप्रसाद दाहाल, राजु ढकाल र भीमसेन पौडेल लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















