Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

नेविसंघको मतदान बुधबार

Nebi-Sangh-1471339720.jpg

३२ साउन, काठमाडौं ।  मतदाता नामावलीबारे विवादका कारण लम्बिएको नेपाल विद्यार्थी संघको महाधिवेशनमा बुधबार मतदान हुने भएको छ । नेविसंघको चुनावी प्रक्रिया मंगलबार शुरु भएकाले बुधबार मतदान हुने भएको हो ।
निर्वाचन कार्यतालिका अनुसार मंगलबार बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।  उम्मेदवारको पहिलो नामावली प्रकाशन दिउँसो २ बजे हुनेछ । दिउँसो साढे २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको नाम वर्णानुक्रम अनुसार भए नभएकोमा दावी संशोधन माग गर्ने समय रहने छ भने उम्मेदवारको नामावली दोस्रो पटक साढे ३ बजे प्रकाशन गरिनेछ । उम्मेदवारको मनोनयन पत्रमा दावी विरोधका लागि दिउँसो ३ देखि साढे ३ बजेसम्मको समय तोकिएको छ । दावी विरोध उपर जाँचबुझपछिको उम्मेदवारीको नामावली प्रकाशन अपरान्ह ४ बजे हुनेछ । उम्मेदवारीको नाम फिर्ताका लागि अपराह्न साढे ५ बजेसम्मको समय दिइएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ साढे ६ बजे हुनेछ ।
कार्यतालिका अनुसार बुधबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मतदान हुनेछ । मतदानका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यालय वीपी नगर तय गरिएको छ । महाधिवेशन साउन २३ गतेबाट शुरु भएको थियो ।
अध्यक्षमा ८ जनाको उम्मेदवारी
नेविसंघको नेतृत्वका लागि ८ जनाको उम्मेदवारी परेको छ । अध्यक्षका लागि नैनसिंह महर, मनोजमणी आचार्य, शुभराम बस्नेत, नगेन्द्रसिंह ठकुरी, बच्चन कार्की, आनन्द त्रिपाठी , लक्ष्मण आचार्य र पदमराज पन्तले अध्यक्षमा उम्मेद्वारी दर्ता गराएको  निर्वाचन समितिले जनाएको छ । एक अध्यक्ष, ११ उपाध्यक्ष, २ महामन्त्री, १३ सहमहामन्त्री, एक कोषाध्यक्ष र १ सय १ जना सदस्यका लागि निर्वाचन हुने छ । नेविसंघको नयाँ बिधानअनुसार, १ सय ५१ सदस्यीय केन्द्रीय कमिटिमा १ सय २९ पदका लागि निर्वाचन हुनेछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg