Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

आयव्यय सार्वजनिकको माग गर्दै नयाँ शक्तिको ज्ञापनपत्र

Gyapan-patra-1471430592.jpg

१ भदौ, हेटौंडा । नयाँ शक्ति नेपाल मकवानपुरले आय व्यय सार्वजनिक गर्न माग गर्दै बुधबार मकवानपुरका स्थानिय निकायमा ज्ञापन पत्र बुझाएको छ । पार्टी संयोजक प्रल्हाद लामिछानेको नेतृत्वमा र्यालीसहित पुगेको टोलीले जिल्ला विकास समिति मकवानपुर र हेटौँडा उपमहानगरपालिकामा १५ दिनभित्र आयव्यय सार्वजनिक गर्न माग राख्दै ज्ञापनपत्र बुझाएको हो ।

टोलीले जिल्ला विकास समितिको कार्यालय मकवानपुरका निमित्त स्थानिय विकास अधिकारी निर्मल प्याकुरेललाई आर्थिक वर्ष ०५९/६० देखि ०७२/७३ सम्मको आयव्यय १५ दिन भित्र सार्वजनिक गर्न माग गर्दै ज्ञापन बुझायो । ज्ञापन पत्र बुझ्दै प्याकुरेलले आफुहरुले छिटो भन्दा छिटो माग गरेको सुचना विवरण सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफुहरुले विभिन्न समयमा सूचना सार्वजनिक गरिरहेको दावि गर्दै नयाँ शक्तिको माग अनुसार फेरि पनि सार्वजनिक गर्न जिविस तयार रहेको बताए ।

टोलीले हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्यायलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमा माग गरिएको सुचना २०६४ सालसम्म हस्तलिखित भएकोले केहि समय लाग्ने र बाँकी वर्षका सूचना छिटै दिने प्रबन्धक विके महर्जनले बताए । कार्यक्रममा निमित्त कार्यकारी अधिकृत उपाध्यायले स्थानिय निकाय श्रोत परिचालन कार्यविधि अनुसार सञ्चालन भएको स्थानिय निकायको जानकारी गराउँदै माग अनुसारको सुचना जति सक्दो छिटो सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे ।  हेटौंडामा सहसंयोजक ज्योति रायमाझि, विवेक वाइवा, जीवन मोक्तान लगायत जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।

थाहामा पनि ज्ञापन

कार्यक्रम अन्तर्गत मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका कार्यालयमा पनि आयव्यय माग गर्दै ज्ञापन पत्र बुझाइएको नयाँ शक्ति नेपाल थाहा नगर संयोजक सुजन रायमाझिले बताए ।  रायमाझिले थाहा नगर पालिका कार्यालयका प्रमुख भिम परियारलाई ज्ञापन पत्र बुझाएको बताए । कार्यक्रममा नगरपालिकाको तर्फबाट अनिल लामिछाने तथा नयाँ शक्तिका २ नम्बर  क्षेत्र संयोजक इन्द्र श्रेष्ठ, किसन रायमाझी लगायतको सहभागिता रहेको थियो । २०५९ सालदेखि प्रतिनिधिविहिन हुँदा अराजगता बढेको र अपारदर्शिताको विषय उठिरहेकाले अभिया नेपालको संविधान २०७२, भाग ३ को धारा २७ मा रहको मौलिक अधिकार अन्तर्गत सूचना मागिएको संयोजक लामिछानेको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg