Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

इन्डोनेसियाको नयाँ ‍राजधानी नुसन्तारा

indonesia-nusantara_56452-1642672052.jpg

फाइल तस्विर

६ माघ, काठमाडौं । इन्डोनेसियाको राजधानी परिवर्तन हुने भएको छ । त्यहाँको सरकारले मंगलबार देशको राजधानी परिवर्तन गर्ने विधेयक पारित गरेपछि अब इन्डोनेसियाको नयाँ राजधानी नुसन्तारा हुने भएको हो ।
इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले सन् २०१९ मै इन्डोनेसियाको राजधानी जकार्तामा बाढीको प्रकोप ज्यादा हुने भएकाले नुसन्तारालाई नयाँ राजधानीको रुपमा कायम गर्ने बताएका थिए । सोही समयमा तयार भएको विधेयक अहिले आएर पारित भएको अन्तर्राष्ट्रिय समाचार संस्था द गार्डियनले उल्लेख गरेको छ ।
राष्ट्रपति विडोडोले राजधानी परिवर्तन गर्नुको मुख्य कारण पर्यावरणीय समस्या र बढ्दो वित्तीय अस्थिरता रहेको बताएका छन् । जकार्तामा भइरहने बाढीको प्रकोप र अत्यधिक भीडभाडका कारण पनि राजधानी परिवर्तन गर्न लागिएको त्यहाँको सरकारले बताएको छ । जकार्तालाई विश्वमै सबैभन्दा छिटो जलमग्न हुने शहरको रुपमा चिन्ने गरिन्छ ।
नयाँ राजधानीका लागि सिफारिस गरिएका ८० भन्दा धेरै शहरको सूचीबाट राष्ट्रपति विडोडोले नुसन्तारालाई नयाँ राजधानीका लागि छनोट गरेका थिए ।
सन् २०२४ सम्ममा पहिलो चरणको काम पूरा हुने
सन् २०२४ मा इन्डोनेसियाको राजधानी जकार्ताबाट नुसन्तारा सार्ने पहिलो चरणको काम पूरा हुने बताइएको छ । नुसन्ताराको कूल क्षेत्रफल २ लाख ५६ हजार १ सय ४२ हेक्टर रहेको छ । पहिलो चरणको काम सकिएपछि मात्र नुसन्तारामा अन्तर्राष्ट्रिय संगठनसँग सम्बन्धित कार्यालयहरू रहने बताइएको छ ।
राष्ट्रपतिको हस्ताक्षरपछि सुरु हुनेछ आधिकारिक प्रक्रिया
नयाँ राजधानी निर्माणका लागि यसअघि विशेष कमिटी गठन गरिसकिएको छ । संसद्‌बाट विधेयक पारित भइसकेको र अब राष्ट्रपति विडोडोले त्यसमा हस्ताक्षर गरेपछि आधिकारिक रुपमा राजधानी परिवर्तनको काम सुरु गरिने बताइएको छ । राजधानी परिवर्तन गर्न कुल ३३ बिलियन डलर खर्च हुने इन्डोनेसियन सरकारले जनाएको छ ।
यसअघि ब्राजिल, नाइजेरिया, कजाकिस्तान, म्यान्मारलगायत देशको पनि राजधानी परिवर्तन गरिएको थियो । ब्राजिलको राजधानी रियो डी जेनेरियोबाट परिवर्तन गरी ब्रासिलिया बनाइएको थियो । त्यस्तै नाइजेरियाको राजधानी लागोसबाट अबुजा, कजाकिस्तानको राजधानी अलमाटीबाट नुर सुल्तान र म्यान्मारको राजधानी रङ्गुनबाट परिवर्तन गरी न्यपिदअ कायम गरिएको थियो । (इकान्तिपुरबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

नेपाल प्रहरीका ४ जना डीआईजी बढुवामा सिफारिस
images-1716005373.png

५ जेठ, हेटौंडा । गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक...

हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716004025.jpg

५ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश, मधेश प्रदेश र...

मकवानपुरको बकैयामा कार भिरबाट खस्यो, उद्दार कार्य जारी
images-1716001177.jpg

५ जेठ, हेटौंडा।  मकवानपुरको बकैयामा कार भिरबाट खसेको छ।शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत बकैया १२ चौतारा...

नेपाल प्रहरीका ४ एसएसपी डिआइजी बढुवामा सिफारिस
Nepal-Police_DIG-1715996616.jpg

५ जेठ, काठमाण्डौं। नेपाल प्रहरीका चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डिआइजी बढुवाका लागि सिफारिस  भएका...

थप समाचार