२ भदौ, हेटौँडा । उत्तरी मकवानपुरको पर्यटकिय क्षेत्र थाहा नगरपालिकामा २ करोड ५० लाख रुपैँयाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा आएको छ । थाहा–१३ बज्रबाराही भटवालका ललितसिं ठकुरी र अर्जुनसिं ठकुरीले आफ्नो गाउँमा सुविधा सम्पन्न रिसोर्ट संचालनमा ल्याएका हुन् ।
राजधानीमा आईटि क्षेत्रमा कार्यरत भाई अर्जुनको हौसलाबाट शान्त एवं ग्रामिण परिवेश रुचाउने प्रकृतिप्रेमी पर्यटकलाई लक्षित गरी रिसोर्ट संचालन गरेको सहकारीकर्मी समेत रहेका संचालक ललितले बताए । “कोलाहलपूर्ण वातावरणबाट दिक्क भई शान्त प्रकृतिमा रमाउन चाहने पर्यटकलाई लक्षित गरी आफ्नै गाउँमा रिसोर्ट संचालन गरेका हौं ।” चित्लाङ चन्द्रागिरी र दामन पालुङबीचमा पर्ने बज्रबाराहीमा यस्तो रिसोर्ट यो पहिलो हो । रिसोर्टमा ३० जनाको क्षमता रहेको छ ।
तरकारीको पकेट क्षेत्र मानिने बज्रबाराहीमा रहेको रिसोर्टले स्थानीय परिकारलाई विशेष प्राथमिकता दिएको जनाएको छ । पर्यटकिय क्षेत्र दामन पालुङको अवलोकन, नजिकका क्षेत्रमा पदयात्रा, भिलेज टुर, इन्द्रसरोबरमा बोटिङ, धार्मिक पर्यटकिय क्षेत्रको अवलोकन लगायतका प्याकेज राखेको होटल संचालनको ६ महिनामै पर्यटकको मन जितेको यस क्षेत्रका स्थानीयको भनाई छ ।
रिसोर्टले स्थानीय १० जनालाई रोजगारी दिएको संचालक ठकुरीको भनाई छ । नाकाबन्दीका कारण केही प्रभाव परे पनि अहिले व्यवसायमा सुधार हुँदै गएको जनाईको छ । राजधानीको कोलाहलबाट मुक्त हुन चाहने र तराई क्षेत्रका गर्मीका कारण शितलतामा रमाउन चाहने नेपाली र भारतिय पर्यटक रिसोर्टका मुख्य ग्राहक हुन भने विदेशीको समेत चासो बढेको संचालहको भनाई छ ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















