Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सवारी संचालनमा रोक लगाएकोमा संघको आपत्ति

Narayani-Logo-1471530155.jpg

२ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरले मकवानपुरका ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाएकोमा नारायणी यातायात व्यवसायी संघले आपत्ति जनाएको छ । 
रुट इजाजत नभएका सडकमा यात्रुवाहक सवारी संचालनमा रोक लगाउने सरकारको निर्णय कार्यान्वयनका लागि विहिबारबाट ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाएकोमा संघले आपत्ति जनाएको हो । संघले पत्रकार सम्मेलन गरी कुनै एक घटनालाई आधार बनाई व्यवसायीले गरेको लगानीमाथि खेलवाड र नागरिकले उपयोग गरिरहेको सुविधालाई हचुवा प्रकारले बन्द गरेको जनाएको छ । सर्वपक्षिय छलफलका आधारमा भाडा तय गर्ने र सवारी संचालन गर्ने सहमति अनुसार ग्रामिण भेगमा सवारी संचालन गरेको भन्दै संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईले सवारी संचालनमा एक्कासी रोक लगाउँदा व्यवसायी र यात्रु दुबैलाई असुविधा पुगेको बताए । 
रोक लगाउने निर्णयबारे प्रशासनले यथाशिघ्र पुर्नविचार गर्ने उनको विश्वास छ । २०७२ असार २३ र २०७३ बैशाख ८ गते जिल्ला यातायात व्यवस्थापन समितिमार्फत रुट परमिटका लागि सिफारिस गरेपनि सरकारले वेवास्ता गरेको संघको आरोप छ ।
जिल्लाका १८ ग्रामिण रुटका १ सय ८५ सवारी विहिबारबाट ठप्प हुँदा ग्रामिण भेगका स्थानीयलाई सास्ती भएको छ । चाडपर्वको समयमा विना विकल्प एक्कासी सवारी बन्द हुँदा समस्या परेको उनीहरुको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg