Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

प्रेस युनियनद्वारा विधान अनुसार सदस्यता सिफारिसको माग

Union-Logo-1471703202.jpg

४ भदौं, हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघको विधान अनुसार नयाँ सदस्यता सिफारिसको माग गरेको छ । युनियनको शनिबार सम्पन्न बैठकपछि जारी विज्ञप्तिमा महासंघ मकवानपुर शााखाको नयाँ सदस्यता सिफारिसको विषयमा बाहिर आएका टिप्पणीप्रति गम्भिर ध्यानाकर्षण व्यक्त गर्दै विधान अनुसार नयाँ सदस्यता सिफारिसको माग गरिएको हो । 
अध्यक्ष रुपेश दुलालद्वारा हस्ताक्षरित विज्ञप्तिमा महासंघले पछिल्लो समय नयाँ सदस्यताका लागि सिफारिस गरेका नाममा पूर्ण समर्थन गर्दै महासंघको विधान अनुसार मकवानपुर शाखामा पेश भई सिफारिसमा छुटेका निवेदनलाई कार्यान्वयनका लागि यथाशिघ्र पहल गर्न माग गरिएको छ । युनियनले आग्रह पूर्वाग्रह भन्दा निष्पक्षताको आधारमा निवेदन उपर प्रक्रिया अघि बढाउँदा सबैको गुनासो सम्बोधन हुने विश्वास व्यक्त गर्दै यस कार्यमा सहयोग रहने जनाएको छ ।  
युनियनले पछिल्लो समय सामाजिक सञ्जालमार्फत पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमाथि विभिन्न खाले आपेक्षपूर्ण अभिव्यक्ति सार्वजनिक भईरहेको भन्दै महासंघको मर्यादा कायम राख्न सम्बन्धित सबैलाई सचेत गराउन महासंघको ध्यानाकर्षण गराएको छ ।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
(विज्ञप्ति)

नेपाल प्रेस युनियन
मकवानपुर
मिति ः २०७३÷०५÷०४
प्रेस विज्ञप्ति

प्रजातान्त्रिक एवं क्रियाशिल पत्रकारहरुको छाता संगठन नेपाल प्रेस युनियन मकवानपुरले नेपाल पत्रकार महासंघ मकवानपुरले गरेका क्रियाकलापहरुलाई नजिकबाट सहयोग गर्दै आईरहेको छ । नेपाल पत्रकार महासंघलाई बलियो बनाउन युनियनले सदैव भुमिका निर्वाह गरेको सर्वविदितै छ । पछिल्लो समय नेपाल पत्रकार महासंघको नयाँ सदस्यता सिफारिसको विषयमा विभिन्न खाले टिप्पणी बाहिर आईरहेका छन् । महासंघले नयाँ सदस्यता वितरणका लागि सिफारिस गरेको नामबारे हाम्रो पूर्ण समर्थन छ । तर सदस्यता सिफारिसको सम्बन्धमा बाहिर आएका टिप्पणीप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । 
महासंघको विधान अनुसार निवेदन दिएका धेरैले आफु सिफारिसका क्रममा छुटेको गुनासो गरिरहेको पाईएको छ । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको नयाँ सदस्यता बारेको गुनासो समाधानका लागि महासंघको विधान अनुसार मकवानपुर शाखामा पेश भएका निवेदनलाई कार्यान्वयनका लागि यथाशिघ्र पहल गरियोस् भन्ने माग गर्दछौं । आग्रह पूर्वाग्रह भन्दा पनि निष्पक्षताको आधारमा निवेदन उपर प्रक्रिया अघि बढाउँदा सबैको गुनासो सम्बोधन हुने विश्वास व्यक्त गर्दै महासंघको यस कार्यमा युनियनको सहयोग रहने व्यहोरा अवगत गराउन चाहन्छौं । 
साथै पछिल्लो समय सामाजिक सञ्जालमार्फत पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघमाथि विभिन्न खाले आपेक्षपूर्ण अभिव्यक्ति सार्वजनिक भईरहेको सन्दर्भमा महासंघको मर्यादा कायम राख्न महासंघले सम्बन्धित सबैलाई सचेत गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराउन चाहन्छौं ।


रुपेश दुलाल
अध्यक्ष
नेपाल प्रेस युनियन
मकवानपुर


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

थप समाचार