Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

भेट्रान्स कपको उपाधी सानो गौचरनलाई

FB-1509721991-1509804873.jpg

१८ कार्तिक, हेटौँडा । हेटौँडा भेट्रानको आयोजनामा हेटौँडा–७ नागस्वतिमा भएको एट ए साईट भेट्रान्स कप राष्ट्रिय फुटबल प्र्रतियोगिताको उपाधी सानो गौचरन भेट्रान्स काठमाण्डौंले हात पारेको छ । 
शनिबार भएको फाइनल प्रतिष्पर्धामा सानो गौचरनले जोरपाटी भेट्रान्सलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधी हात पारेको हो । पहिलो हाफमा बराबरी खेलेको जोरपाटीले लय गुमाउँदा सानो गौचरनका निमा लामाले दुई गोल गर्दै टिमलाई उपाधी दिलाए ।
शनिबारको खेलको म्यान अफ दि म्याच जोरपाटीका निमा लामा र म्यान अफ दि शिरिज सानो गौचरनका डिफेन्स राकेश श्रेष्ठ घोषित भए । अनुसाशित टोलीमा बगरभाई खलक ५० प्लस घोषित भयो । राष्ट्रिय र स्थानीय गरी ११ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेताले नगद ६० हजार, उपविजेताले ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् भने म्यान अफ द सिरिजले नगद ५ हजार रुपैँया प्राप्त गरेका छन् । 
विजेता, उपविजेता, म्याद अफ द म्याच र म्यान अफ द सिरिज विजेतालाई एन्फा केन्द्रीय सदस्य राजेन्द्र श्रेष्ठ, हेटौँडा वडा नम्बर ७ का अध्यक्ष राजन थापा, खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष माधव तिमल्सिना, हेटौँडा भेट्रान्सका अध्यक्ष दिपक बज्र्राचार्य लगायतका पुरस्कार प्रदान गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

थप समाचार