२२ कार्तिक,हेटौँडा । राष्ट्रिय खेलकुद परिषद् अन्तर्गतको नेपाल खेलकुद विज्ञान प्रतिष्ठानको आयोजना तथा नेपाल हक्की संघको प्राविधिक सहयोगमा नेपालमै पहिलो पटक हेटौंडामा आयोजना गरेको हक्की खेलको एम्पायरिङ तालिम बुधबार सम्पन्न भएको छ ।
तालिममा साविकका ५ विकास क्षेत्र र नेपाली सेनाको तर्फबाट २/२जना गरी कुल १२ जनाको सहभागिता रहेको थियो । तालिममा दक्षिण एसियाली हक्की प्रतियोगितामा कास्य पदक विजेता विमला भट्टसहित ३ महिला खेलाडी पनि सहभागीता जनाएका थिए । हक्की खेलका अन्तर्राष्ट्रिय एम्पायर सकिल कुरेसीले सहभागि १२ जना खेलाडीलाई एम्पाएर तालिमको प्रशिक्षण दिएको र तालिमसँगै परीक्षा लिएर उत्तीर्ण हुनेलाई एम्पायरको लाइसेन्स समेत प्रदान गरिएकोे हक्की संघका उपाध्यक्ष अनिल शर्माले जानकारी दिए । तालिमपछि लाइसेन्स प्राप्त गर्ने एम्पायरले अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गर्ने अवसर पाउने छन शर्माले बताए । ७ दिनसम्म सञ्चालन भएको तालिममा प्रशिक्षक सकिल कुरेसीले खेलाडीको क्षेमता र दक्षता देखेर खुशी लागेको बताउदै एम्पाएरका तालिम लिएका खेलाडीबाट हक्की खेलमा विकास हुने आशा व्यक्त गरे ।
नेपाल हक्की संघका उपाध्यक्ष अनिल शर्माको अध्यक्षतामा भएको कार्यमक्रममा प्रमुख अतिथि रहेका राष्ट्रिय खेलकुद परिषद (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डाक्टर प्रकाश प्रधानले राणाशासनको पालादेखिबाट हक्की खेल खेल्दै आएपनि हक्की खेलको विकास हुन नसकेको र गाउँघरमा खेललाई सरलीकरण गरेर निर्णायकको जिम्मा खेलाडीलाई दिनु पर्ने बताए । कार्यक्रममा नेपाल हक्की संघका सचिव रञ्जन थापा, जिल्ला अध्यक्ष प्रताप सिंह क्षेत्री लगायतकाको उपस्थिती रहेको थियो ।
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...
१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...
१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...
१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...
२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...
२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)
_edit_-1792376004.jpg)













