Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

१९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित 

Acc-Cricket-1510399409.jpg

२५ कार्तिक, हेटौँडा । १९ बर्षमुनिको एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ ।  मलेसियाको किनरारा ओभल मैदानमा शनिबार भएको आफनो पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य बंगलादेशले ४० ओभरमा एक बल खेल्न बाँकी छँदै ८ विकेट गुमाएर भेट्टाएको हो । अन्तिम ओभरमा ११ रन बनाउनुपर्ने भएका बेलामा नेपालले पहिलो बलमै एक विकेट लिएपनि त्यसपछिको चार बलमै बंगलादेश विजयी भयो ।
नेपालका कमल सिंह र सन्दीप लामिछानेले २–२ विकेट लिए । बंगलादेशका नइम शेखले ५२ तथा अफिफ हुसेनले ३३ रन जोडे । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४० ओभर १ बलमा १६७ रन बनाउँदा वर्षाले खेल प्रभावित भएको थियो । नेपालका लागी भीम सार्कीले ४० बलमा ४४, रोहितकुमार पौडेलले ५४ बलमा ४० तथा आसिफ शेखले ५२ बलमा ३० रन बनाएका थिए ।
‘डकवर्थ लेविस’ नियमका आधारमा बंगलादेशलाई ४० ओभरमा १८१ रनको लक्ष्य दिइएको थियो ।
यो हारले भने नेपालको सेमिफाइनल यात्रा कठिन बनेको छ । समूह ‘ए’बाट यसअघिको खेलमा भारतले मलेसियालाई २०२ रनले हराएको थियो । आइतबार नेपालको भिडन्त भारतसँग हुनेछ । नेपालले भारतलाई पराजित गर्न सकेमात्र सेमिफाइनल यात्राको ढोका खुला हुनेछ ।
यस्तै, अर्को समूहबाट लगातार दुई जित हासिल गर्दै श्रीलंका सेमिफाइनलमा पुगेको छ । पहिलो खेलमा युएईलाई ७ विकेटले हराएको श्रीलंकाले शनिबार दोस्रो खेलमा अफगानिस्तानलाई ६१ रनले पराजित गरेको छ ।

Acc-Cricket1-1510399409.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार