२५ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गोपाल बस्ताकोटीले लेखा परीक्षण प्रतिवेदन र सचिव विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा पूर्व व्यवस्थापक गोविन्दप्रसाद दाहाल, उत्कृष्ट बचतकर्ता भीमकुमारी अधिकारी, उत्कृष्ट ऋणी कृष्णबहादुर श्रेष्ठ, सबैभन्दा बढि पशु औषधी खरिदकर्ता अच्युत लुईटेल, बढि सामान खरिदकर्ता हेमकुमारी पुलामी, ज्येष्ठ सदस्य ज्ञानुमाया क्याप्छाकी मगर, धनबहादुर खड्का, एककुमारी घोरासैनी, भवानीशंकर गौतम, बुद्धिनाथ ढकाललाई सम्मान गरिएको थियो ।
यसैगरी, एसईई परीक्षाको प्राविधिक शिक्षातर्फ र सामुदायिक विद्यालयतर्फ उत्कृष्ठ अंक हासिल गर्ने विद्यार्थी, बढि दूध विक्रि गर्ने, धेरै दूध विक्रि गर्ने, गुणस्तरीय दूध विक्रि गर्ने र गोठ सफाई गर्ने कृषकहरुलाई समेत सम्मान गरिएको थियो ।
डिभिजन सहकारी कार्यालयका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा–१६ का वडा अध्यक्ष रामकृष्ण कोइराला, हेटौँडा १७ का वडा अध्यक्ष भैरवकुमार राई, जिल्ला दुग्ध उत्पादक सहकारी संघका सदस्य कृष्णप्रसाद सापकोटा, संस्थाका सल्लाहकार राधेश्याम गजुरेल, रामकृष्ण तिवारी, लोकनाथ चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले आव ०७३/०७४ मा १६ करोड ११ लाख ६८ हजारको कारोबार गरेको व्यवस्थापक दिपक ढकालले बताए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















