Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यि हुन् काँग्रेसबाट मन्त्री हुनेहरु (नामावलीसहित)

congress-1472139149.jpg

९ भदौं, काठमाण्डौं । मन्त्रीपरिषद विस्तारको दवावमा परेको सत्ता साझेदार नेपाली काँग्रेसले आफ्नोतर्फबाट पठाउने १३ मन्त्रीको नाम टुंगो छ । शुक्रबार सपथग्रहण गराउने तयारीका साथ काँग्रेसले विहिबार साँझ मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।
काँग्रेस स्रोतका अनुसार रक्षामा बालकृष्ण खाँण, परराष्ट्रमा प्रकाशशरण महत, पर्यटनमा जीवन शाही, सामान्य प्रशासनमा केशवकुमार बुढाथोकी र श्रम मन्त्रालयमा सूर्यमान गुरुङ, सहरी विकासमा अर्जुननरसिंह केसीको नाम तय भएको छ । स्वास्थ्यमा गगन थापा, शान्ति तथा पुनःनिर्माणमा सितादेवी यादव, उद्योगमा नवीन्द्रराज जोशी, बाणिज्यमा रोमी गौचन थकाली, सहकारी तथा गरिबीमा हृदयराम थानी रहेका छन् । सिंचाईमा दीपक गिरी, वनमा शंकर भण्डारीको नाम तय भएको जनाईएको छ । नयाँ मन्त्रीहरुको सपथग्रहण भोली विहान ९ बजे हुने जनाईएको छ ।

सभापति शेरबहादुर देउवाले ६, वरिष्ठ नेता रामचन्द्र पौडेलले ५, कृष्ण सिटौला र खुमबहादुर खड्काले समूहबाट १/१ जना मन्त्री भाग पाएका छन् । उपचारका लागि शुक्रबार नै सिंगापुर जाने भएकाले देउवाले विहिबार मन्त्रीहरुको टुंगो लगाएर शुक्रबार सपथग्रहणका लागि दिनभर छलफललाई तिव्र बनाएका थिए । काँग्रेसले राज्यमन्त्री समेत पठाउने भएपनि उनीहरुको नाम भने तय नभएको जनाईएको छ ।
प्रकाशशरण महत –परराष्ट्र मन्त्री
बालकृष्ण खाँड –रक्षा मन्त्री
सीतादेवी यादव –शान्ति तथा पुनर्निर्माण मन्त्री
अर्जुननरसिंह केसी –शहरी विकास मन्त्री
गगन थापा –स्वास्थ्य मन्त्री
नविन्द्रराज जोशी –उद्योग मन्त्री
सुर्यमान गुरुङ –श्रम मन्त्री
शंकर भण्डारी –वन मन्त्री
दीपक गिरि –सिँचाई मन्त्री
जीवनबहादुर शाही –पर्यटन तथा नागरिक उड्यन मन्त्री
केशवकुमार बुढाथोकी –सामान्य प्रशासन मन्त्री
रोमी गौचन थकाली –वाणिज्य मन्त्री
हृदयराम थानी –सहकारी तथा गरिवी निवारण मन्त्री


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg