Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपाल यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

Nepal-cricket-1510675003.jpg

२८ कार्तिक, हेटौँडा । नेपाल पहिलोपटक यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियामा जारी प्रतियोगितामा भारत र मलेसियालाई हराउँदै नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
समूहबाट सबै खेल जितेर समूह विजेता बन्दै बंगलादेश पनि सेमिफाइनलमा पुगेको छ । समूहको अन्तिम खेलमा मंगलबार मलेसियामाथि शानदार ८ विकेटको जित हासिल गर्दै नेपाल सेमिफाइनलमा पुगेको हो । मंगलबारै भएको समूहको अर्को खेलमा बंगलादेशले भारतमाथि पनि ८ विकेटकै जित हासिल गरेसँगै बंगलादेश समूह विजेता तथा नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।
नेपालले समूहको पहिलो खेलमा बंगलादेशसँग झिनो २ विकेटको हार व्यहोर्दा साविक विजेता भारतमाथि पहिलोपटक जित हासिल गरेको थियो ।
मंगलबार समूहको अन्तिम खेलमा मलेसियाविरुद्ध वर्षाले गर्दा २४ ओभरमा घटाइएको खेलमा नेपालले ४६ रनको सामान्य चु्नौती ५ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । खेलमा अनिल साहले २६, कप्तान दीपेन्द्रसिंह ऐरीले १२ रन बनाए ।
यसअघि, वर्षाले झन्डै ५ घन्टा ढिलो सुरु भएको खेलमा आयोजक मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै १५ ओभर ३ बलमात्रै क्रिजमा टिकेर ४५ रन बनाएको थियो । पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरेको मलेसियाले थप १२ रन जोड्दा सबै विकेट गुमाएको हो ।
नेपालका लागी सन्दीप लामिछानेले ५ विकेट लिए भने कप्तान दीपेन्द्रले र शहाब आलमले २÷२ तथा अनिल साहले १ विकेट लिए ।
मंगलबारनै भएको भारत र बंगलादेशको खेलमा भारत बंगलादेशसँग ८ विकेटले पराजित हुँदै प्रतियोगिताबाटै बहिरिएको छ ।
अब नेपालले सेमिफाइनलमा शुक्रबार अफगानिस्तानसँग खेल्नेछ । अर्को समूहको समूह विजेता बन्दै अफगानिस्तान सेमिफाइनलमा पुगको हो ।

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार