Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

घैंटो फुटाई प्रतियोगिता आग्राको कब्जामा

Ghaito-Phutai-1472227564.jpg

१० भदौ, थाहानगर । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा भएको घैँटो फुटाई प्रतियोगिता आग्राले कव्जा गरेको छ । प्रतियोगिताको ३ वटै पुरस्कारमा आग्रा युवा क्लवले कब्जा जमाएको हो । विगत २१ वर्ष देखि उत्तरी थाहा नगरपालिकामा हुदैँ आइरहेको प्रतियोगिता शिखरकोट वजारमा भएको थियो ।
२५ फिट, २० फिट र १८ फिट उचाईमा रहेको घैँटो फुटाउदँै आग्रा युवा क्लवले उपाधि उचालेको हो । विजेता आग्राले नेकपा माओवादि केन्द्रका दलित मुक्ति मोर्चाका क्षेत्रिय अध्यक्ष तथा जे.एस सुनचाँदि पसल शिखरकोटका प्रोपाईटार जमिन दियालीबाट प्रथम पुरस्कार स्वरुप ५ हजार , राप्रपा नेपाल थाहा नगर कमिटि अध्यक्ष हरेराम कार्कीबाट द्वितिय पुरस्कार स्वरुप ३५ सय र तृतिय पुरस्कार स्वरुप नाडेप लघुवित्त फाइनस कम्पनी थाहानगर शाखा प्रमुख कृष्ण दाहालको प्रायोजनमा २५ सय प्राप्त गरेको छ ।

५ टिमको सहभागिता रहेको प्रतियोगिताका विजेतालाई थाहा नगरपालिका प्रशासन शाखा प्रमुख अनिल लामिछाने र शिखर क्वलका अध्यक्ष अनित केसीले पुरस्कार प्रदान गरेका थिए । प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट प्रतियोगिता हुँदै आइरहेको छ । शिखरकोट वजार व्यवस्थापन समितिले गर्दै आइरहेको प्रतियोगिता यस वर्ष देखि शिखर क्वल शिखरकोटले गरेको क्लवका अध्यक्ष अनित केसीले जानकारी दिए । थाहा कला केन्द्र मकवानपुरको आयोजनामा तथा शिखर क्वलको सम्मन्वयमा सांस्कृतिक कार्यक्रमको समेत भएको थियो । साँस्कृतिक कार्यक्रममा थाहा कला केन्द्रका कलाकार, स्थानिय लोक गायक मुक्तिनाथ उप्रेति, विवेक पाख्रिन, मकवापुर आईडल भएका दिपराज केसी, द्वितिय स्थान हासिल गरेका दिपक कालिराज लगायतले आफ्नो प्रस्तुति राखेका थिए ।
प्रत्रकार रुपक कालिराज सम्मानित
प्रतियोगितालाई समाचारको रुपमा देशभर प्रसारप्रसारमा सहयोग गरेको भन्दै रेडियो आकाशगंगा ८८.५ मेगाहर्जका समाचार प्रमुख, मकवानपुर न्यूजका सञ्चालक तथा दामन पोष्टका विशेष सम्वाददाता रुपक कालिराजसहितलाई सम्मान गरिएको छ । 

तस्विरहरु : मुक्तिनाथ उप्रेति र रुपक कालिराजको फेसबुकबाट

Mukti-Manjil-1472227564.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg