११ भदौ, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले बजार अनुगमन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
संघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णुकुमार महतले व्यवसायीले लेवल नलागेका, म्याद सकिएका वस्तु विक्री नगर्ने हो भने प्रशासनले अनुगमन नै गर्नु नपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पुष्कर भट्टराईले अनुगमन उपभोक्ताको हितका लागि हो भन्ने व्यवसायीले बुझ्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाका प्रमुख राजकुमार रिजालले अनुगमन बजार सुधारका लागि भएको र व्यवसायीले अनुगमन आउँदा गर्वका साथ विक्री गर्न राखिएका सामान देखाउन सक्ने वातावरण सिर्जना गर्न आग्रह गरे । हेटौंडा उपमहानगरपालिकाका कार्यकारी अधिकृत सुदेवकुमार पोखरेलले व्यवसायीले उपभोक्ताको हितलाई मनन गनुपर्नेमा जोड दिए ।
विभिन्न वस्तुगत संघ, व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा व्यवसायीहरुले सबैलाई एउटै भाडोमा राखेर हेर्न नहुने र भन्सारबाटै न्युन विजकीकरणको समस्या शुरु हुनेतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा संघका उपाध्यक्ष कृष्ण अग्रवाल, महासचिव महेन्द्र राउत लगायतले संघले व्यवसायिक हितका गतिविधि निरन्तर गर्ने बताएका थिए ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...

















