Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

कतारमा मनाए नेपालीले नयाँ बर्ष 

katar-1681535475.PNG

२ चैत, दोहा । रोजगारीको सिलसिलामा कतारको राजधानी दोहामा कार्यरत नेपाली समुदायले कतारमा नयाँ बर्ष मनाएका छन । कतार एयरवेज गु्रपमा कार्यरत नेपालीहरुले दोहाको मुन्ताजा पार्कमा जम्मा भएर २०८० सालको शुभकामना आदानप्रदान गर्दै नयाँ बर्ष मनाएका हुन । 
जागरुक युवा समाज नेपालले नयाँ बर्षको शुभकामना आदानप्रदान तथा क्यालेण्डर बिमोचन कार्यक्रम गरेको थियो । रोजगारीका क्रममा नेपालबाट गएका नेपालीहरु सहभागि कार्यक्रममा नयाँ बर्षले नयाँ उमंग थप्ने विश्वास लिर्दै उनीहरुले एक अर्कामा शुभकामना आदानप्रदान गरेका थिए । 
जागरुक युवा समाज नेपालका संरक्षक रविन्द्र प्रसाद पोखरेल र समाजका अध्यक्ष यादव प्रसाद चौलागाईले संयुक्त रुपमा क्यालेण्डको बिमोचन गरेका थिए । रोजगारीको सिलसिलामा दोहामा ९ बर्षदेखि कार्यरत हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मयुरधापका सन्तदेव मोक्तान साथीभाई भेटेर नयाँ बर्ष मनाउन पाउँदा निकै हर्षित र खुसी छन । 
उनले परिवारदेखि टाढा भएपनि यहाँको नेपाली समुदाय परिवार जस्तै भएकाले जमघट भएर नयाँ बर्ष मनाउँदा परिवारदेखि टाढा हुनुपरेको पीडा भुलेको बताए । त्यस्तै दोहामै कार्यरत हेटौंडा–६ का रुपनारायण सापकोटा पनि नयाँ बर्षमा जागरुकले मिलाएको जमघटले परिवारको याद भुलाएको बताउँछन । 
कतार एयरवेज गु्रपमा कार्यरत दिपेश आचार्य पनि विदेशमा हुँदा पनि नेपालमै भए जस्तो अनुभव भएको तर्क गर्दछन । नयाँ बर्षमा विहानै परिवारसंग भिडियो कल गरेर शुभकामना आदानप्रदान गरेका उनी यहाँ सबै जम्मा हुँदा परिवारमै बसे जस्तो अनुभवन भएको बताउँछन । 
यस्तै दोहामा कार्यरत चितवन राप्ती नगरपालिका वडा नं. ७ बिरेन्द्रनगरका लोक बहादुर पुन, तनहँु भिमाद नगरपालिका वडा नं. ७ का हिरालाल विश्वकर्मा, गोर्खा सिरान चोक वडा नं. ८ का नविन थापामगर, बिदुर नगरपालिका ५ माझीटारका निरोज कुमार थापाको पनि अनुभव उस्तै छ । 
बिहान, दिउँसो, बेलुका र राती ड्युटीका सिफ्ट हुन्छ, यहाँ कार्यरत नेपालीले भने तै पनि मिलेसम्म साथीभाइ जम्मा भएर हामीले नयाँ बर्ष मनायौं । कतारमा हाल करिव चार लाख नेपालीहरु कार्यरत रहेका छन ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार