Google Photo
खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्याउँछ । पेटमा प्रकृतीले एसीड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसीडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरीयालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ। तर, त्यही समयमा एसीडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने क्षमता पनि त्यही छ। कुनै पनि तवरबाट एसीड बढी निस्कियो भने हुन्छ।
एसीड सामान्य निस्किए पनि शरीरलाई एसीडबाट बचाउन जुन काम हुन्छ त्यो काममा कुनै पनि किसिमले कमी आयो भने ग्याष्ट्रिक हुन्छ।
कसै कसैको पेनकिलर बढी खाएमा पनि ग्याष्ट्रिक हुन्छ। चुरोट खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ।
कसैलाई पेटको क्यान्सर भयो भने खाना खाएपछि असजिलो हुन्छ। ग्याष्ट्रिकको लक्षण भएको मन्छेलाई क्यान्सर समेत हुने खतरा हुन्छ। खाद्यनलीमा समस्या आयो भने पनि ग्याष्ट्रिक हुन्छ।
पेटमा भएको क्यान्सर, खाद्यनली क्यान्सरको लक्षणले पनि ग्याष्ट्रिक गराउँछ।
ग्याष्ट्रिकको लक्षण भएको मान्छे सजग हुन जरूरी छ।
एसीड प्रोडक्सन बढी हुने कारणले पनि ग्याष्ट्रिक हुन्छ। हर्मोनको कारणले पनि ग्याष्ट्रिक हुन्छ। रक्सी खायो भने एसीड बढी निस्कीन्छ जसले गर्दा ग्याष्ट्रिक गराउँछ । मुटुको रोगीले खाने कतिपय औषधिले पनि ग्याष्ट्रिक गराउँछ। धेरै पिरो खाने, कफी धेरै खाने, कडा–कडा दुध चिया धेरै खाने, मसलेदार खाना बढी खानेलाई पनि ग्याष्ट्रिकको समस्या बढी हुन्छ। चिल्लो बढी खाने मान्छेलाई पनि ग्याष्ट्रिक हुन्छ। त्यसैले चिल्लो कम खानुपर्छ।
सन्तुलित भोजन जरूरी पर्छ : चिल्लो नखाने भन्दैमा सन्तुलित भोजन छोड्नु हुँदैन। पचास प्रतिशत कार्बोहाइड्रेट, पच्चीस प्रतिशत फ्याट, पच्चीस प्रतिशत प्रोटीन र त्यसमा मिनलरस् र भिटामीन पनि हुनुपर्छ। यसैलाई सन्तुलित भोजन भनिन्छ। चिल्लो खानु हुँदैन भनेर उमालेर खाने पनि गर्नु हुँदैन। अत्याधिक मात्रामा चिल्लो पदार्थ, बोसोयुक्त मासु र बंगुरको मासु खानु हुन्न। सन्तुलित भोजनमा चिल्लो पनि चाहिन्छ। चिल्लो खान हुँदैन भन्दैमा उमालेर खाने गर्नु हुँदैन। यस्तो गरेमा सन्तुलित भोजन हुँदैन। यसले दीर्घकालीन असर गर्छ। चिल्लो नखाने भन्दैमा अति गर्नु हुँदैन धेरै चिल्लो भएको खानेकुरा नखाए हुन्छ। चिल्लो नै खान हुँदैन भन्ने होइन।
नेपालीमा बढी किन ग्याष्ट्रिक हुन्छ ?
अधिकांश नेपालीले खानासँगै गाडेको अचार खाने, पिरो खाने, धेरै मसलेदार खाना खाने गर्दा ग्याष्ट्रिक बढी हुन्छ। अर्को कुरा हाम्रो बजार अनुगमन गतिलो हुँदैन। जसले जे मन लाग्यो त्यही पकाएर बेचेको हुन्छ। पश्चिमा मुलुकहरुमा बजार अनुगमन राम्रो छ। नेपालको बेकरी आइटमहरू सबैमा डाल्ला घ्यू प्रयोग हुन्छ। यसले पनि ग्याष्ट्रिक धेरै गराउँछ।
एक पटक प्रयोग गरेर रहेको तेल अर्को पटक पनि प्रयोग गरिन्छ र यो क्रम लामो समयसम्म चल्छ जसले गर्दा ग्याष्ट्रिक हुन्छ। धेरै तारेको खानेकुरा खाने कारणले पनि ग्याष्ट्रिक बढी हुने सम्भावना हुन्छ। सुर्ती, पान पराग गुट्खा बढी खानेलाई ग्याष्ट्रिक हुन्छ।
यसको उपचार के हो र?
कतिपय ग्याष्ट्रिक सामान्य हुन्छ। कतिपय ग्याष्ट्रिक बिग्रीएर अल्सर भएको हुन्छ। अल्सर लामो समयसम्म उपचार नगरे रक्तश्राप भइरहन्छ। ग्याष्ट्रिक कुन चरणमा छ त्यसको उपचार पनि त्यसमा भरपर्छ। कसैको रक्तश्राप धेरै भइरहेको छ भने आकस्मिक कक्षमा राखेर समेत उपचार गर्नुपर्छ। अल्सरका कारण रक्तश्राप भएको छ भने त्यसको उपचार छुट्टै किसिमले गर्नुपर्छ।
सामान्य अल्सर छ भने त्यसको उपचार अलग्गै गर्नुपर्छ। एसीड प्रोडक्सन कम गर्ने औषधि पनि दिनुपर्छ। सामान्य खालको ग्याष्ट्रिक हो भने एसीड कम गर्ने औषधि केही समय खाएपछि आफैं ठीक हुन्छ।
ग्याष्ट्रिकलाई लापरबाही गरे के हुन्छ ?
ग्याष्ट्रिकलाई लापरबाही गर्यो भने अल्सर हुन्छ र अल्सरका कारण अत्याधीक रक्तश्राप भएर मान्छेको शरीर नै जोखीममा पर्नसक्छ।
आजभोलि त एसीड प्रोडक्सन गर्ने राम्रा–राम्रा औषधी समेत आइसकेको छ। विगतका दिनमा ग्याष्ट्रिकका कारण आन्द्रामा प्वाल परेर एकदम जोखीमपूर्णस्थिति उत्पन्न हुने गरेको थियो। शहरबजारमा त यसको औषधि हुन्थ्यो तर गाउँ–गाउँमा त आन्द्रामा प्वाल परेकै कारण पनि मान्छेको मृत्यु हुन्थ्यो । ग्याष्ट्रिकको लक्षण पेटको क्यान्सरसँग जोडिएको हुन्छ। ग्याष्ट्रिक भनेर हेलचक्राइ गर्दा त्यसले क्यान्सर समेत निम्त्याउँछ तर सामान्य उपचार गर्दा यो निको हुन्छ।
कसरी जोगीने ?
ग्याष्ट्रिक हुन नदिन सन्तुलित भोजन गर्नुपर्छ। दिनमा धेरै पटक खानुपर्छ। हरियो साग तथा तरकारीहरु बढी खानु पर्छ। गाडेको अचार धेरै खान हुँदैन।
सबैभन्दा खतरनाक त यतिबेला हुन्छ जतीबेला मान्छेले खानेकुरा बार्छ तर चुरोट खैनी सुर्ती र गुड्खा खान छोड्दैन। पेनकिलर औषधिहरू मनलाग्दी तरिकाले खायो भने त्यसले पनि ग्याष्ट्रिक गर्छ।
ग्याष्ट्रिकको लक्षण छ भने विज्ञसँग छलफल गर्ने अनि उपचार गर्ने गर्नुपर्छ। ग्याष्ट्रिक कुन चरणमा छ भन्ने बुझ्न पनि उपचार गर्नुपर्छ। खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्याउँछ । पेटमा प्रकृतीले एसीड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसीडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका व्याक्टेरीयालाई मार्नेदेखि खाना पचाउने काम एसीडले गर्छ। तर, त्यही समयमा एसीडले तन्तुलाई जलाउन सक्ने क्षमता समेत राख्छ। तन्तुलाई बचाउन सक्ने क्षमता पनि त्यही छ। कुनै पनि तवरबाट एसीड बढी निस्कियो भने हुन्छ।
साभार : janatatimes
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...






-1788140988.jpg)











