Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

२०५ ओैं यात्रामा सुनिए २ दर्जन गजलकार

Capture-1692443104.JPG

२ भदौ, हेटौंडा । गजल मञ्च मकवानपुरको शनिवार सम्पन्न २०५ ओैँ गजल यात्रामा करिब २ दर्जन गजलकारहरुले गजल वाचन गरेका छन् । माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असङ्गतिहरु गजलकाहरुले गजलमार्फत प्रस्तुत गरेका थिए ।
गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार÷महाकाव्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरे, सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, साहित्यकार ओम रिजाल, मञ्चका पूर्वअध्यक्ष दीपक गौतम, वातावरणविद् श्रवण शर्मा, साहित्य सङ्गम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेलगायतले मन्तव्यका साथ गजल वाचन गरेका थिए । 
त्यस्तै कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष यश लामा, निवर्तमान अध्यक्ष देवराज तिवारी, सल्लाहकार पुरुषोत्तम आचार्य, गजलकारहरु विष्णु गौतम, सानू खनाल, ऋषि केबि, विशाल अधिकारी ’आशुतोष’, रजनी पौडेल, सुवास सजल, सुनिल गौतम, अनिल कोइराला, प्रेरक गौतमलगायतले गजल वाचन गरेका थिए । 
गजल विधाको उन्नयन र प्रवर्द्धनमा काम गर्दै आएको  गजल मञ्च मकवानपुरले हरेक महिनाको पहिलो शनिबार नियमित गजल यात्राको आयोजना गर्दै आएको छ । मञ्चले पछिल्लो समय विद्यालयहरुमा पुगी गजल प्रशिक्षणको कार्यक्रम गरी नवसर्जक केन्द्रित शृङ्खलाहरुसमेत सञ्चालन गरिरहेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार