११ भदौ, हेटौंडा । ‘मातृभूमि राष्ट्रिय सम्मान २०८०’ बाट वरिष्ठ संस्कृतिविद् एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ सम्मानित हुनेभएका छन् । मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष प्राडा गुरुङलाई प्रदान गर्न लागिएको समाजका अध्यक्ष माधव पोखरेलले जनाकारी दिए ।
नेपाली संस्कृति क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याए बापत प्राडा गुरुङलाई नगद २५ हजार एक राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङ नेपाली इतिहास एवं संस्कृति क्षेत्रका गहन अध्येता पनि हुन् । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवं अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ ।
यस्तै समाजले मातृभूमिले संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना गरेको नगद ११ हजार १११ राशिको ‘मातृभूमि लघुकथा रत्न सम्मान–२०७९’ बाट ‘लघुकथालय’का सर्जक वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । लामो समयदेखि लघुकथाको क्षेत्रमा कलम चलाउँदै आएका डा.चालिसेमा नेपाली भाषामा विभिन्न लघुकथा संग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित रहेका छन् ।
दुबै पुरस्कार तथा सम्मान आउँदो ६ गते मातृभूमि साहित्य समाजको २५औँ वर्षको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’को विमोचन पनि गरिने खध्यक्ष पोखरेलले बताए ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...












-1782436668.jpg)





