Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

मातृभूमिले प्राडा जगमान गुरुङ र प्राडा विदुर चालिसेलाई सम्मान गर्ने

dda-1693224313.jpg

११ भदौ, हेटौंडा । ‘मातृभूमि राष्ट्रिय सम्मान २०८०’ बाट वरिष्ठ संस्कृतिविद् एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ सम्मानित हुनेभएका छन् । मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा प्रदान गर्दै आएको उक्त सम्मान यसवर्ष प्राडा गुरुङलाई प्रदान गर्न लागिएको समाजका अध्यक्ष माधव पोखरेलले जनाकारी दिए ।
नेपाली संस्कृति क्षेत्रमा महत्त्वपूर्ण योगदान पु¥याए बापत प्राडा गुरुङलाई नगद २५ हजार एक राशिको उक्त पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङ नेपाली इतिहास एवं संस्कृति क्षेत्रका गहन अध्येता पनि हुन् । विभिन्न प्रतिष्ठान तथा विश्वविद्यालयको महत्त्वपूर्ण जिम्मेवारी सम्हालेका गुरुङको शोधपत्र लेखन एवं अनुसन्धान कार्यमा गहन भूमिका रहेको छ ।
यस्तै समाजले मातृभूमिले संस्थाका कार्यसमिति सदस्य किशन पौडेलद्वारा स्थापना गरेको नगद ११ हजार १११ राशिको  ‘मातृभूमि लघुकथा रत्न सम्मान–२०७९’ बाट ‘लघुकथालय’का सर्जक वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । लामो समयदेखि लघुकथाको क्षेत्रमा कलम चलाउँदै आएका डा.चालिसेमा नेपाली भाषामा विभिन्न लघुकथा संग्रह, कविता, भाषा, अनुसन्धान र समालोचनाका पुस्तकहरू प्रकाशित रहेका छन् ।
दुबै पुरस्कार तथा सम्मान आउँदो ६ गते मातृभूमि साहित्य समाजको २५औँ वर्षको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा प्रदान गरिने अध्यक्ष पोखरेलले जानकारी दिए । उक्त कार्यक्रममा महाकाव्यकार मुना अर्यालको दोस्रो महाकाव्य ‘महाकाश’को विमोचन पनि गरिने खध्यक्ष पोखरेलले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार