Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

चेपाङ समुदायको मूख्य पर्व छोनाम (न्वागी) आज मनाइदै

Chepang_Nwagi-1694142809.jpg

फाइल तस्बिर

२२ भदौ, हेटौंडा । चेपाङ समुदायको मूख्य पर्व छोनाम (न्वागी) आज मनाइदैछ । हरेक वर्ष मध्य भदौमा यो समुदायले मनाउने पर्व यसवर्ष आज भदौ २२ गते मनाइँदै छ ।
न्वागी सामुदायिक सांस्कृतिक पर्व र नयाँ वर्ष हो । यस दिन पान्दे झाँक्री बोलाएर पूजा गरी कन्दमूल, फलफूल, तरकारी, घैया धानआदि खाने गरिन्छ । यसै दिन पितृहरुको सम्झनामा पूजा गरिने जानकारी र देवीदेवतासँग रोगव्याधी नलागोस् भनेर आशीर्वाद लिने गरिन्छ, भाकल भए त्यसको समेत पूजा गरिन्छ ।
घैया धानलाई टाउकोमा राखेर आशिस लिने गरिन्छ । सोही दिन पुराना भाकाका गीत, झ्याउरे गीत गाएर नाचगान गरी रातभर रमाइलो गर्ने परम्परा छ । खेती लगाउने समयमा भूयार र खेती थन्काउने बेलामा न्वागी मनाउने गरिन्छ । फागुन र चैतमा रोपेका बाली साउन/भदौमा तयार भएपछि चढाउने गरिन्छ । प्रकृतिलाई पूजा गर्दै नयाँ खेती भित्र्याउने गरिन्छ । मुख्यरुपमा यतिबेला पिँडालु, निबुवा, घिरौँला, कागुनो, तामा, घैया धान भित्र्याएर भगवानलाई चढाइ खान शुरु गरिने प्रचलन छ ।
चेपाङ समुदायलाई आफ्नो बारीमा उब्जनी भएको अन्नले छ महिना पनि खान पुग्दैन । जे जति उत्पादन हुन्छ, यसलाई निकै सम्मान दिएर पूजा गरेर मात्रै खाने चलन रहेको छ । न्वागी पूजा नगरेसम्म अन्न जुठो हुन्छ, चोख्याएर मात्रै गरिन्छ ।
धर्म परिवर्तनका कारण पछिल्ला दिनमा पर्व मनाउनेको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै चेपाङ अगुवाहरूले धर्म र संस्कृतिलाई सबै मिलेर जोगाउनु पर्ने धारणा राख्दै आएका छन् । शिक्षाको अभावमा बाल्य अवस्थामा नै विवाह हुने गरेकाले जन्मिएका बालबालिका र आमाको स्वास्थ्य अवस्था जटिल हुने गरेकाले  यो जातिका लागि सरकारले प्राथमिकतामा राख्नुपर्ने उनीहरुको माग थियो ।
यस वर्ष चेपाङ समुदाय बसोबास गर्ने चितवन, मकवानपुर र धादिङमा बागमती प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । नेपालका चितवन, मकवानपुर, धादिङ र गोरखामा यो जातीको बसोबास बढि  छ । २०६८ को गणनाअनुसार नेपालमा चेपाङ जातिको जनसंख्या ६८ हजार ३९९ जना छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार