Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

हेटौँडामा शुरु भयो महोत्सव

Mela-Photo-1513937543.jpg

७ पुस, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठान र औधोगीक शान्ति नेपाल संस्थाको आयोजनामा शुक्रबारबाट हेटौडाको भुटनदेबी पार्कमा राष्ट्रिय खेलकुद तथा व्यापार महोत्सव शुरु भएको छ ।
मकवानपुरका प्रमुख जिला अधिकारी चक्रबहादुर बुढाले कार्यक्रमको शुभारम्भ गर्दै अब देशमा राजनैतिक संक्रमणकाल सकिएको भन्दै अब आर्थिक समृद्धिको दिशामा अघि बढ्नुपर्नेमा जोड दिए । उनले आर्थिक समृद्धिका लागि सबै पक्षको भुमिका उत्तिकै रहेको भन्दै महोत्सवको माध्यमबाट खेलकुद गर्न लागेकोमा आयोजकको प्रशंसा गरे । उनले महोत्सवमा हुन सक्ने त्रुटिलाई गम्भिर ढंगले ध्यान दिने बताउँदै सचेत रहन महोत्सव आयोजक र व्यवसायीलाई आग्रह गरे । उनले स्थानीय तहसंगको समन्वयमा काम गर्ने गरी स्विकृति लिएकाले प्र्रशासनले सहयोग गरेको बताउँदै महोत्सवको पारदर्शितामा ध्यान दिन सचेत गराए । 
कार्यक्रममा १० नम्बर वडा अध्यक्ष कितावसिं लामा, प्रतिष्ठानका सल्लाहकार भीमसेन महत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव राजन दाहाल खुसराज दाहाल, प्रतिष्ठानका द्वितीय उपाध्यक्ष विशाल घोष, महासचिव सविन न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । शुभारम्भ कार्यक्रम प्रतिष्ठानका अध्यक्ष भेष खड्गीको अध्यक्षतामा भएको थियो ।
पुस १८ गतेसम्म संचालन महोत्सवमा खाना, खेलकुद सामाग्री, कपडा, दैनिक उपभोक्ता सामग्री, सूचना प्रविधि, इलेक्ट्रिकल एवं इलेक्ट्रनिक्स, खेलौडा लगायतका ३ सय १४ वटा स्टल रहने छ । स्थानीय कलाकारलाई प्राथमिकता दिंदै राष्ट्रिय स्तरका कलाकारहरु कोमल ओली, प्रमोद खरेल, शिवपरियार, हेमन्त शर्मा, ज्योति मगर, राधिका हमाल, द एक्स व्याण्ड, भद्रगोल हास्य टेलिश्रृंखलाको टिमसहितका कलाकार आउने औधोगीक शान्ति नेपाल सस्ंथाका अध्यक्ष सन्दिप महत्तले जानकारी दिए । 
मेला अवधिमा फेसन सो र एकल गायन प्रतियोगिताका साथै अञ्चलस्तरीय कराँते प्रतियोगिता, उसुको प्रर्दशन, कव्वडी र बक्सिङ प्रतियोगिता हुने आयोजकको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg