२९ भदौ, हेटौंडा । गजल मञ्च मकवानपुरले बिहीबार १५८ ओैं मोती जयन्ती विशेष कार्यक्रमका साथ मनाएको छ । नेपाली गजल तथा समग्र साहित्य विधामा महत्वपूर्ण योगदान पुर्याएका बहुआयामिक व्यक्ति मोतिराम भट्टको जन्मजयन्ती तथा स्मृति दिवसमा बिहीबार गजल साँझको आयोजना गरिएको हो ।
कार्यक्रमकाबीच मोतिराम भट्टको व्यक्तित्व र कृतित्वको परिचर्चा गर्दै उनका गजलहरुसमेत गायन गरिएको थियो । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी घिमिरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गजल मञ्च मकवानपुरका पूर्व अध्यक्ष दीपक गौतमले भट्टको व्यक्तित्व र कृतित्वमाथि चर्चा गरेका थिए । पुरुषोत्तम आचार्य र हरिप्रसाद पौड्यालले भट्टको गजल गायन गरेका थिए । कार्यक्रममा गजलकारहरु सानू खनाल, देवराज तिवारी, सुनिल गौतम, पुरुषोत्तम आचार्य, सुवास सजल, हरिप्रसाद पौड्याल, रजनी पौडेल, भवानी तिमल्सिनालगायतले गजल वाचन गरेका थिए ।
सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले विशिष्ट अतिथिको रुपमा मोतिरामको साहित्यिक योगदानबारे चर्चा गरेका थिए । मोतीराम भट्ट (१९२३ भदौ २५ – १९५३) नेपाली साहित्यका प्रथम गजलकार, जीवनीकार, समालोचक तथा माध्यमिक कालका प्रवर्तक थिए। थोरै बाँचेर नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनी नेपाली साहित्यका प्रेरक व्यक्तित्व, कुशल नायक र होनहार प्रतिभा मानिन्छन्। १९४० देखि १९७६ सालसम्मको नेपाली साहित्यमा श्रृङ्गारिक धाराको सुरुवातकर्ता मोतीराम भट्ट थिए ।
मोतीराम भट्ट नेपाली साहित्यामा भानुभक्त आचार्य पछि आउने सशक्त व्यक्तित्व हुन् । उनले नेपाली भाषासाहित्यमा समालोचनाको सुरु गरेका थिए । भट्टले नै संवत् १९४८मा कवि भानुभक्तको जीवनचरित्रलाई प्रकाशमा ल्याए ।
कवि भानुभक्त आचार्यको जीवनचरित्रमा मोतीराम भट्टले प्रभाववादी ढङ्बाट व्याख्यात्मक रूपमा भानुभक्तबारे प्रशंसा गरेको मानिन्छ । आफूले खोजेका कविलाई प्रतिभासम्पन्न तथा सहज कवि थिए भन्ने प्रमाणित गर्न उनले त्यस जीवनचरित्रमा भानुभक्तले रचेका भनेर जताततै फुटकर सिलोकहरू देखाएका भनिन्छ ।
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...
६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ। तराई...
५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...
५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...
४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२४ असोज, हेटौंडा । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह...
२४ असोज, हेटौंडा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका लागि फ्रान्सेली राजदूत...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...





-1792715895.jpg)









-nepal-1792111426.jpg)


