मकवानपुर उद्योग बाणिज्य संघको पुस १५ गतेदेखि शुरु हुन गईरहेको ५१ औं बार्षिक साधारण सभामा नेतृत्वका लागि अहिले मत माग्ने क्रम जारी छ । दुई प्यानलमा विभाजित भएर व्यवसायीहरु चुनावी मैदानमा उत्रिएका छन् । एउटा प्यानलको नेतृत्वका वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालले गरेका छन् । चुनावी मैदानमा रहेका अध्यक्षका उम्मेदवार एवं वर्तमान बरिष्ठ उपाध्यक्ष कुटवालसंग सम्पादक रुपेश दुलालले गरेको अन्तरवार्ता ।
मकवानपुर उद्योग बाणिज्य संघको अध्यक्षमा यहाँको उम्मेदवारी किन ?
विगत लामो समयदेखि मकवानपुर उद्योग बाणिज्य संघमा मैले विभिन्न जिम्मेवारीमा रहेर काम गर्ने अवसर पाएँ । विधान त म अहिले बरिष्ठ उपाध्यक्ष छु । चार कार्यकालको अनुभव भएको अहिले कोहीसंग हुनुहुन्न, म जस्तै अनुभव भएका दुईजना साथीहरु उद्योग र बाणिज्यतर्फको उपाध्यक्षमा उम्मेदवारी दिनु भएको छ । म संग वर्तमान बोर्डमा रहेका अधिकांश साथीहरु म संग हुनुहुन्छ, उहाँहरुसंग पनि लामो अनुभव छ । व्यवसायिक अनुभव र अनुभवी टिमको साथमा व्यवसायिक हितमा काम गर्न मैले उम्मेदवारीको घोषणा गरेको हुँ ।
व्यवसायिक हितमा के काम गर्नुहुन्छ ?
उद्योग बाणिज्य संघमा गएर गर्ने भएको पूर्वजहरुले जुन जुन एजेण्डा राख्नु भएको छ त्यो एजेण्डाहरुलाई यथावत कायम राख्दै व्यवसायिक हितमा काम गर्ने हो । व्यवसायीहरुको करसम्बन्धी समस्या, नगरपालिकासम्बन्धी समस्या, घरेलुसम्बन्धी समस्या, न्यून विजकीकरणका समस्या, अनुगमनका विषयहरु जस्ता कुराहरुमा आएका समस्या समाधान गर्ने हो । प्रशासनिक कामसंगै व्यवसायीहरुलाई सुविधा दिने, संस्था बलियो बनाउने, कर्मचारीहरुलाई प्रोत्साह गर्ने काम हुन् । यो कार्यकालमा संस्थाको साख केही गिरेको अनुभव गरेको छ, विभिन्न चर्चा परिचर्चा आईरहेका छन्, ति सम्पूर्ण कुराहरुलाई मेटाएर संस्थाको मर्यादालाई उच्च बनाउन पनि मेरो उम्मेदवारी हो ।
यहाँ नै सम्मिलित यो कार्यकालमा पदाधिकारी चयनमा ढिलाई, मेला महोत्सवको हिसावमा हिनामिना, कार्यसमिति दुई पक्षमा विभाजित हुने जस्ता समस्याहरु आए । यसको जिम्मेवारी यहाँले लिने कि नलिने त ?
यसको केही जिम्मेवारी त मैले पनि लिनुपर्छ । यो संस्था अध्यक्षात्मक प्रणालीमा चलेको संस्था हो, अध्यक्षमै बढि अधिकार निहित हुन्छ र बोर्डलाई निकै सिमित अधिकार रहन्छ । पदाधिकारी चयन गर्ने विषयमा विभिन्न पदहरु अध्यक्षले बोर्डमा मनोनित गर्ने र बोर्डले अनुमोदन गर्नुपर्ने थियो, सर्वसम्मत भए सर्वसम्मत जाने अरु कसैले दावि गरेमा बोर्ड भित्रका सदस्यहरुबीच भोटिङ गर्ने प्रचलन थियो । तर यो कार्यकालका नेतृत्व पंक्तिले यसलाई नस्विकार्नु भएकाले पदाधिकारी चयन गर्न केही ढिलाई भएको हो । मेला महोत्सवमा हेलिकप्टरमा अपचलन भएको थियो, पछि त्यो रकम केही व्यक्तिले तिरेको पनि छ, होटलको विल दोव्वर तेव्वर निक्सिएको थियो, कलाकारको रकम पनि चाहिने भन्दा बढि निक्लिएको थियो । पैसा बचाएपछि पछि खर्च त गर्न पाईन्छ नि भन्ने नेतृत्वको कुरा हुन्थ्यो तर त्यो नि नीजि कम्पनीमा पनि नपाईने कुरा हो । यस्तै विषयमा हामीले विरोध गरेका थियौं । यसमै बजारमा जाँदा भाषणबाजीमा बोर्डले काम गर्न दिएन भनेर नेतृत्वले भनेको सुनेका छौं तर बोर्ड सदस्यले अनियमितता रोकेको मात्रै हो, काम गर्न नदिएको हैन ।
व्यवसायिक हितमा काम गर्न पठाएकाहरु नै गुट उपगुटमा बाँडिदा व्यवसायीहरुमाझ नकारात्मक सन्देश गएको छ । यसलाई कसरी चिर्नुहुन्छु ?
यो कार्यकालमा गुट उपगुट भएकै हो । हामीले नराम्रा कुराको विरोध र राम्रा कुराको समर्थन गरेका हौं । अहिले हामीले पुराना र नयाँलाई मिलाएर आफ्नो प्यानल नै बनाएका छौं । त्यसैले म व्यवसायीहरुलाई के आग्रह गर्न चाहन्छु भने तपाईहरुले भोट दिंदा एउटा प्यानल नै विजय हुने गरी भोट दिनु भयो भने गुट उपगुटको समस्या अन्त्य हुन्छ र एक कार्यकाल राम्रोसंग काम गर्न सकिन्छ ।
व्यवसायिक संस्था भएकाले व्यवसायिक हितमा काम गर्नु पर्छ नै । तर उपभोक्ताको हितमा चाँहि कहिले उद्योग बाणिज्य संघले हेर्ने त ?
संघ उद्योगी व्यवसायीकै संस्था हो । तर हामीले यसका साथै सामाजिक हितको क्षेत्रमा काम गर्नुपर्छ । हामीले मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा अस्पताल लगायतमा पूर्वाधार विकासमा सहयोग गरेका छौं । हामीले उपभोक्ताको हितमा पनि काम गर्नुपर्छ । हामीले खराब काम गर्ने व्यवसायीहरुको कहिले पनि पक्ष लिएका छैनौं । राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्ने व्यवसायीलाई दण्ड हुनुपर्छ भन्नेमा संघ प्रतिवद्ध छ । तर सानो गल्तिलाई लिएर उसको व्यवसाय नै चौपट बनाउने गरी सरोकारवाला निकायबाट काम हुनु भएन भन्नेतर्फ मात्रै हामी चनाखो हुने गरेका छौं ।
व्यवसायीहरुको प्रोत्साहनका लागि के गर्नुहुन्छ त ?
मैले आफ्नो आगामी कार्यकालमा व्यवसायिक दक्षता अभिबृद्धिका लागि ६०/७० जनालाई विदेश भ्रमण राख्नेछु । जसमा विभिन्न भेगका व्यवसायी, केही पत्रकार र केही कर्मचारीलाई विदेशमा प्रशिक्षणको व्यवस्था मिलाउने छु । यसले व्यवसायिक दक्षता अभिबृद्धिमा केही योगदान पु¥याउँछ । कर कार्यालय, अडिर्टस एशोसियसन र उद्योग बाणिज्य संघबीच त्रिपक्षीय अन्तरक्रिया राखेर त्यहाँबाट तिन पक्षको सहमतिमा प्रशिक्षण राख्छौं । १० जनाको टिमलाई लेखासम्बन्धी तालिम दिन्छौं, उनीहरुले व्यवसायी कहाँ गएर आवश्यक सहयोग गर्नेछन् । यस्तै खाले व्यवसायिक हितमा काम गर्ने सोच छ । अन्य एजेण्डाहरु मैले आफ्नो घोषणा पत्रमार्फत सार्वजनिक गरेको छु ।
अन्त्यमा, व्यवसायीहरुलाई के आग्रह गर्न चाहनुहुन्छ ?
म विभिन्न पेशामा आवद्ध भएकाले अधिक भन्दा अधिक व्यवसायीको दुःख सुख बुझेको छु । मैले व्यवसायीको समस्या बुझेकाले समाधानको पाटोबारे पनि अवगत छ । तसर्थ समग्र व्यवसायीको हितका लागि मैले उम्मेदवारी दिएको छु । कृपया सम्पूर्ण व्यवसायीहरुलाई मेरो टिमलाई विजयी गराई दिनुहुन अनुरोध गर्दछु ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















