Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

४० बर्षमाथिको फुटवल प्रतियोगिता हुने

1-pressmeet-1472995609.jpg

१९ भदौ, हेटौँडा । हेटौँडामा कार्तिक २ देखि ६ गतेसम्म ४० बर्षमाथि खेलाडिबीच फुटबल प्रतियोगिता हुने भएको छ । रोटरी क्लव अफ मकवानपुरको आयोजनामा ४० बर्षमाथिका खेलाडिबीच ‘राष्ट्रिय रोटरी कप एट ए साईड फुटवल प्रतियोगिता’ हुने भएको हो । 
प्रतियोगितामा पोखरा, धरान, काठमाण्डौं, चन्द्रनिगाहपुर, सिमरा, कैलाली, आयोजक र स्थानीय लगायत १६ टिमको सहभागिता रहने क्लवका अध्यक्ष ज्योतिरत्न बज्राचार्यले बताए । आइतबार गरेको पत्रकार सम्मेलनमा ‘स्वास्थ्यका लागि खेलकुद’ नाराका साथ भुटनदेवी उच्च माविको खेल मैदानमा एट ए साईड फुटवल प्रतियोगिताको दोस्रो संस्करण हुन लागेको बज्राचार्यले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले शिल्डसहित नगर ४० हजार १ र दोस्रो टिमले २० हजार रुपैँया प्राप्त गर्नेछन् । नक आउटका आधारमा हुने प्रतियोगितामा हरेक दिन म्यान अफ दि म्याच प्रदान गरिने छ भने म्यान अफ दि सिरिज, हाई स्कोरर, उत्कृष्ट गोलरक्षक समेत घोषणा गरिने जनाईएको छ । 
टिम दर्ताका लागि ५ हजार रुपैँया शुल्क राखिएको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधी चितवनले हात पारेको थियो । उद्घाटनका दिन रोटरी र रोट्रयाक्ट क्लवबीच मैत्रिपूर्ण प्रतियोगिता समेत हुने जनाईएको छ । पत्रकार सम्मेलनमा क्लवका संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, सचिव कविन सांगामी, कार्यक्रम संयोजक शरद कर्माचार्य लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार