Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

देशभर छठको तयारी शुरु

Screenshot_20231116_16551-1700133026.jpg

फाइल तस्बिर

३० कार्तिक, हेटौंडा । सूर्य उपासनाको गरी मनाईने छठ पर्वको देशभर तयारी थालिएको छ । विगतमा तराईमा मात्रै मनाईने गरेको छठ अहिले देशभर मनाउन थालिएसंगै देशभर तयारी पनि शुरु भएको छ ।
छठका लागि नजिकको नदी, तलाउको सरसफाई एवं सजाउने काम शुरु भएको छ । संघीय राजधानी काठमाडौं, मधेशको राजधानी जनकपुर, आर्थिक नगरी बिरगंज लगायतका शहरसहित देशका विभिन्न क्षेत्रमा छठको तयारीका लागि समिति नै बनाएर तयारी भईरहेको छ । छठ पर्वका भक्तजन र दर्शनार्थीहरुको सहजताका लागि आयोजकले तयारीलाई तिब्र पारेका छन् ।
छठका लागि वर्तालुले आज कार्तिक शुक्ल त्रितीयाका दिन ‘अरबा–अर्बाइन’ विधिसँगै तयारी थालेका छन् ।
छठको पहिलो दिन
कार्तिक शुक्ल चतुर्थीका दिनदेखि छठ आरम्भ हुन्छ। तिहार लगत्तै शुरु हुने छठ नितान्त सूर्यको उपासना गरी मनाइन्छ। छठको शुरुवात मानिने यस दिनलाई व्रतालुहरू नहाय खाय भन्दछन्। बिहान सबेरै उठेर हात खुट्टाको नङ काट्छन् र चोखो पानीले नुहाई धुवाई गरी सफा कपडा लगाएर पूजा गरी शुद्ध भोजन गर्दछन्।

छठको दोस्रो दिन
विधिवत रूपमा शुरु भएको छठको दोस्रो दिनलाई खरना भनिन्छ। यस दिनमा नुहाएर चोखो भई साँझपख व्रतालुहरूले सखरको खीर, लौकाको तरकारीजस्ता शुद्ध भोजन ग्रहण गर्दछन्। यस दिनमा एक छाक मात्र भोजन गर्नुको कारण भने छठको दिन अर्थात अघिल्लो दिनमा दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास हो।

छठको तेस्रो दिन
छठको तेस्रो दिन अर्थात छठ पर्व। यस दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्दछन्। साँझपख नजीकैको पोखरी, तलाउ, इनार, कुवाजस्ता जलाशयमा गई पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पूजा गर्दछन्। छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँदछन्। प्रातःकालीन अर्घका लागि केही व्रतालुहरू रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्। यस दिनमा रातभर भजन किर्तन र नाचगान हुने गर्दछ। घाटलाई बेहुली झैं सिँगारिएको हुन्छ।

छठको चौंथो दिन
रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट उदाउँदो सूर्यको पूजाआजा गर्दछन्। बिहानीमा सूर्यको न्यानो किरणसँगै व्रतालुहरूले अञ्जुलीमा पानी भरी जल चढाउँछन् र पालैपालो ठकुवा भुसुवा फलफूल र मिठाईजस्ता प्रसादहरू अर्पण गर्दछन्। त्यसपछि घरमा गई सूर्यको प्रसाद ग्रहण गरी व्रत पूरा गर्दछन्।
यसरी चार दिनदेखिको छठपर्वको समापन हुन्छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार