सन् २०१७ मा विश्वभर निर्माण भएका सिनेमामध्ये सबैभन्दा धेरै व्यापार गर्ने दस सिनेमाहरू यस प्रकार रहेका छन् । यी चलचित्रले पैसा मात्रै धेरै कमाएनन् चर्चा पनि उत्तिकै पाए ।
ब्युटी एन्ड द बिस्ट
यो वर्षको सबैभन्दा धेरै कमाइ गर्ने सिनेमा बन्यो ‘ब्युटी एन्ड दी बिस्ट’ । विश्वभर चार हजार दुई सय १० पर्दामा रिलिज भएको यो सिनेमाले एक बिलियन दुई सय ६३ मिलियन डलर ग्रस कलेक्सन गर्यो । बिल कन्डनले निर्देशन गरेको सिनेमा एक सय ६० मिलियन डलरको लागतमा बनेको थियो ।
दी फेट अफ दी फ्युरिएस
सर्वाधिक कलेक्सन गर्ने दोस्रो सिनेमा बन्यो ‘दी फेट अफ दी फ्युरिएस’ । यो सिनेमाले एक बिलियन दुई सय ३५ मिलियन डलर कमाइ गर्यो । एफ, ग्यारी ग्रेको निर्देशनमा बनेको सिनेमा दुई सय ५० मिलियन डलरमा निर्माण भएको हो ।
स्टार वार्स : दी लास्ट जेडी
वर्षको अन्त्यमा रिलिज भएको ‘स्टार वार्स : दी लास्ट जेडी’ ले अहिले बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । सिनेमाले तेस्रो सातासम्म एक बिलियन ५६ मिलियन डलर कलेक्सन गरेको छ । रियन जोनसनले निर्देशन गरेको सिनेमाले नयाँ वर्षमा पनि कमाइ जारी राखेको छ । अहिलेसम्म यो पहिलो नम्बरको ‘ब्युटी एन्ड दी बिस्ट’ भन्दा दुई सय सात मिलियनपछि छ । दुई सय मिलियन डलरमा यो चलचित्र निर्माण भएको हो ।
डिस्पेकेबल मी ३
चौथो नम्बरमा रहेको ‘डिस्पेकेबल मी ३’ ले एक बिलियन ३१ मिलियन डलर कलेक्सन गरेको छ । क्येल बाल्डा, पियर कफिन र एरिक गिलेन संयुक्त रूपमा निर्देशन गरेको सिनेमा ८० मिलियन डलरमा निर्माण भएको हो ।
स्पाइडर म्यान : होमकमिङ
सन् २०१७ मा रिलिज भएका सिनेमामध्ये आठ सय ८० मिलियन डलर कलेक्सन गर्दै ‘स्पाइडर म्यान : होमकमिङ’ पाँचौं नम्बरमा परेको छ । जोन वाट्सले निर्देशन गरेको यो सिनेमा एक सय ७५ मिलियन डलरको लागतमा निर्माण भएको हो ।
उल्फ वारियर–२
सन् २०१७ को जुलाई अन्तिममा रिलिज भएको चाइनिज सिनेमा ‘उल्फ वारियर २’ आठ सय ७० मिलियन डलर कमाउँदै छैटौं नम्बरमा परेको छ । यो सिनेमा बजेट ३० दशमलव एक मिलियन डलरको लागतमा निर्माण भएको हो ।
गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२
मे ५ मा रिलिज भएको ‘गार्डिइन्स अफ दी ग्यालेक्सी भोल्युम–२’ ले आठ सय ३० मिलियन डलर कमायो । दुई सय मिलियन डलरमा निर्माण भएको यो सिनेमाका निर्देशक जेम्स गन हुन् ।
थोर : रग्नारक
सर्वाधिक कमाइको आठौं नम्बरमा ‘थोर : रग्नारक’ परेको छ । यो सिनेमाले आठ सय ४८ मिलियन डलर कलेक्सन गरेको छ । एक सय ८० मिलियन डलरमा निर्माण भएको सिनेमालाई तैका वाइटिटीले निर्देशन गरेका हुन् । यो चलचित्र अहिले पनि चलिरहेको छ ।
वन्डर उमन
कमाइको नवौं नम्बरमा एक सय ४९ मिलियन डलरको लागतमा बनेको ‘वन्डर उमन’ छ । प्याटी ज्यान्किसले निर्देशन गरेको सिनेमाले विश्वभरबाट ८ सय २१ मिलियन डलर कमाएको छ ।
‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्स
सर्वाधिक कमाइको दसौं नम्बरमा सात सय ९४ मिलियन डलर कमाउँदै ‘पाइराइट्स अफ दी क्यारेबियन : डेड मेन टेल नो टेल्स’ परेको छ । दुई सय ३० मिलियन डलरमा निर्माण भएको यो सिनेमा जोकिम रोनिङ र एसपेन स्यानबर्गले संयुक्त रूपमा निर्देशन गरेका हुन् ।
साभार : अन्नपूर्ण पोष्ट
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...












-1782436668.jpg)





