१ माघ, हेटौंडा । हिन्दू धर्मशास्त्रअनुसार सौरमासका आधारमा मकर संक्रान्ति (माघे संक्रान्ति) पर्व आज देशभर स्नान, दान, जप, ध्यानआदि गरी मनाइँदै छ।
ज्योतिष शास्त्रका आधारमा सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने र उत्तरायण शुरु हुने भएकाले यस दिनलाई मकर संक्रान्ति पर्वका रूपमा मनाउने गरिएको हो । माघे संक्रान्तिदेखि साउने संक्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो ६ महिनाको समयलाई उत्तरायण भनिन्छ। हिन्दु धर्म संस्कृतिअन्तर्गत पर्ने धेरैजसो शुभकार्य (देवकार्य) उत्तरायणमा गरिने हुनाले उत्तरायणको पहिलो दिनलाई महत्वपूर्ण रूपमा लिने गरिएको छ।
माघे संक्रान्तिमा घिउ, चाकु, तिलका परिकार, तरुल तथा खिचडी आदि परिकार बनाएर खाने चलन छ। यी खानाले त्रिदोष (आयुर्वेदका अनुसार वात, पित्त र कफ) नाश हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे संक्रान्तिको दिन घिउ, चाकु, तिलका परिकार, खिचडीआदि नखाने, दान नगर्ने, जलाशयमा गई स्नानदान नगर्ने, भगवान्को ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ । यस दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास पनि छ। त्यसैले स्नानपछि शरीरमा तिलको तेलले मालिस गर्ने चलन छ। यसो गर्दा शरीरका नाडी, स्नायुमण्डल र हड्डी सुदृढ र स्वस्थ रहने आयुर्वेदमा उल्लेख छ।
मकर सङ्क्रान्तिका अवसरमा वराहक्षेत्र, देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत विभिन्न धार्मिक स्थल तथा जलाशयमा भक्तजनहरूको मकर स्नानका लागि भिड लाग्ने गरेको छ ।
माघे संक्रान्तिको दिनलाई थारु समुदायले माघी पर्व (नयाँ वर्ष) का रूपमा मनाउँदै आएका छन् ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...












-1782436668.jpg)





