Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडाको गुन्द्रुकले पायो सरकारी गुणस्तरको मान्यता

df-1712624198.jpg

२७ चैत, हेटौंडा । हेटौंडा उपमहानगरपालिका कार्यालयको सहयोगमा उत्पादन भएको गुन्द्रुकले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेको छ । हेटौंडा–१२ घलेगाउँस्थित कञ्चनजंगा कृषि सहकारी संस्था लघुु उद्यमी उद्योगले उत्पादन थालेको अर्गानिक गुन्द्रुकले प्रयोगका लागि सरकारी मान्यता प्राप्त गरेको हो । 
लघु उद्यमीहरुले उत्पादन गरेको गुन्द्रुक प्रयोगका लागि उपयुक्त भएपछि हेटौंडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुज्ञापत्र दिएको हो । सोमबार उपमहानगरपालिकामा पत्रकार सम्मेलन गरी सरकारी गुणस्तरको मान्यता प्राप्त भएको जानकारी दिइएको हो । उपमहानगरको लगानीमा सञ्चालन गरिएको तालिमबाट उद्यमी बनेका महिलाहरुले व्यवसायिक रुपमा गुन्द्रुक उत्पादन गरेका हुन् । 
उद्योगले सरकारी गुणस्तरको मान्यता प्राप्त गरेसँगै जिल्ला भित्र र बाहिरी शहरमा विक्रीका लागि बाटो खुलेको छ । करिब ४ महिना लामो परीक्षण र निगरानी पश्चात खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले गुन्द्रुक प्रयोगका लागि योग्य रहेको भन्दै अनुज्ञापत्र दिएको उपमहानगरपालिकाका उद्योग शाखा प्रमुख हिमप्रसाद पौडेलले जानकारी दिए । 
उपमहानगरपालिकाको १ लाख रुपैयाँ बजेटबाट थालेको अर्गानिक साग उत्पादन गरी बनाएको गुन्द्रुकले बजारीकरणका लागि स्वीकृती पाएकोमा उद्यमी समूहका अध्यक्ष चिनीमाया गुरुङले खुसी व्यक्त गरिन् । नगरको पैसा र सहकारीको ८० हजार रुपैयाँबाट १५ कठ्ठा जमिन भाडामा लिएर साग लगाएर  गुन्द्रुकको उत्पादनमा लागेको उनको भनाई छ । अनुज्ञापत्र नहुँदा बजारमा लैजान नपाएको अवस्थाको अन्त्य भएको भन्दै उनले खुसी व्यक्त गरिन् । 
अहिले पनि करिब ३ लाख रुपैयाँ बराबरको गुन्द्रुक स्टक रहेको बताइएको छ । अब बजारीकरणमा सबैको साथ आवश्यक रहेको उनीहरुको अपेक्षा छ । समूहमा रहेर १२ जनाले काम गरिरहेका छन् । असोजमा कामको लागि सम्झौता गरेसँगै समूहले मंसिरबाट गुन्द्रुकको उत्पादन थालेका थिए । 
हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले यहाँ उत्पादित गुन्द्रुकको बजारीकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएकी छिन् । सरकारी  गुणस्तरको मान्यता पाएपश्चात उद्यमी समूहलाई अनुज्ञापत्र हस्तान्तरण गर्दै उनले हेटौंडा बजारसहित अन्य सम्भावना भएका क्षेत्रमा गुन्द्रुकको बजारीकरणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएकी हुन् । उनले पहिलो चरणमा हेटौंडामा रहेको साना तथा ठूला होटलहरुमा यहाँको उत्पादनलाई राख्नका लागि पहल गर्ने र बाह्य जिल्लामा बिक्रीका लागि आन्तरिक पहल गर्ने आश्वासन दिएकी छिन् । 
स्थानीय उत्पादनलाई बजारीकरण गर्ने कार्ययोजना अनुरुप मेयर लामाले मकवानपुरका होटल व्यवसायीसँग छलफल समेत गरेकी छिन् । छलफलमा होटल व्यवसायी संघ मकवानपुरका अध्यक्ष दिलिशगोबिन्द जोशीले मासिक १२ सय किलो गुन्द्रुक जिल्लामा खपत हुने गरेको र उक्त गुन्द्रुक बाहिरबाट ल्याउने गरेको बताए । हेटौंडामा उत्पादन भएको गुन्द्रुक बिक्रीका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगन
Screenshot_20240412_15562-1715946503.jpg

४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...

राष्ट्रियसभा बैठक आज पनि स्थगित
Rastriya-sabha-1715935765.jpg

४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ ।  शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...

हात्तिको आक्रमणबाट मनहरीका राईको मृत्यु
Hatti-1715933623.jpg

४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...

प्रतिनिधिसभा बैठक सर्यो
Pratinidhi-1715932328.jpg

४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...

भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
Railway-1715926170.jpg

४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ ।  भारतको बिहार राज्यको मधुबनी...

नेपाली बजारमा सुनको मूल्य घट्यो
GoldnSilver-1715924737.jpg

४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...

राष्ट्रियसभा बैठक आज बस्दै
rastriya-sabha-1715924227.jpg

४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...

आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

थप समाचार