१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा बिहीबार हेटौंडामा जनस्वास्थ्य कार्यालय मकवानपुरले आयोजना गरेको पत्रकारसँगको अन्तरक्रियामा ४५ आयातित र एक स्थानीय गरी बागमती प्रदेशमा ४६ जनालाई औलोको संक्रमण रहेको जानकारी दिइएको हो ।
नेपालमा भने औलो रोगबाट संक्रमितको संख्या ४५३ जना रहेको तथ्यांक प्रश्तुत गरिएको छ । विदेशबाट आएकाहरुमा औलो रोगको संक्रमण बढी देखा पर्ने गरेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा औलो देखा पर्नु चुनौतीको रुपमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।
‘नेपालमा सन् २००८ देखि औलो दिवस मनाउन थालिएको हो । २०१४ देखि २०२५ सम्म औलो निवारण कार्यक्रम सञ्चालन भैरहेको छ’, मिजारले भने, ‘नेपाललाई २०२४ सम्म औलोमुक्त गर्ने लक्ष्य रहेको छ । सोही अनुरुप कार्य भैरहेको छ ।’ लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोगबाट बच्न सावधानी अपनाउनुपर्ने सर्वसाधारणलाई सुझाव दिइएको छ ।
यसका लागि लामखुट्टेको टोकाइबाट बच्नु नै एकमात्र विकल्प भएको चिकित्सकको सुझाव छ । किटनासक झुल र विषादी माग माग अनुसार वितरण गर्न नसकिएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ज्वरो आइरहनु, दिन बिराएर ज्वरो आइरहनु, टाउको बेस्सरी दुख्नु, बान्ता हुनु र जाडो हुनु औलो रोगको लक्षण भएको स्वास्थ्यकर्मीको भनाई छ ।
नेपालमा सन् १९५८ मा पहिलो पटक औलो रोगको संक्रमण देखिएको थियो । विश्व औलो दिवस विहीबार मकवानपुरसहित देशैभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...
२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...
२३ बैशाख, काठमाडौं । गायक प्रकाश सपूतले चलचित्र निर्माण गर्ने भएका छन् । आइतबार काठमाडौंमा कार्यक्रम आयोजना...
२३ बैशाख, काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री महेश बस्नेतविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने...
२३ बैशाख, काठमाडौं । जापानी विदेशमन्त्री कामीकावा योकोले काठमाडौँ दरबार स्क्वायरको भ्रमण गरेकी छन् । नेपाल...
२३ बैशाख, कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलौरी...
२३ बैशाख, हेटौंडा । आईपिएलमा रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी) गुजरात टाइटनलाई पराजित गर्दै सातौं स्थानमा...
२३ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...
२३ बैशाख, हेटौंडा । जापानका विदेशमन्त्री कामिकावा योको आज नेपाल आउँदै छिन् । उनी उपप्रधानमन्त्री तथा...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...
१५ बैशाख, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको कान्तिलोकपथ बैशाख १६ गते ...
१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...
१८ बैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा...
१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का स्थानीयले अवरोध गरेको हेटौंडा १६...
१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...