१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक वृहत् साहित्यिक तथा साँस्कृतिक समारोहकाबिच ९ जना स्रष्टाहरुलाई नगद सहित सम्मान गरेको हो ।
आँचलकी अध्यक्ष भावना सापकोटाका अनुसार आँचलले १० हजार नगद राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान बाट रौतहट जिल्लाकी रेणुका जीसीलाई सम्मान गरिएको जानकारी गराइन् । १० हजार नगद राशिको प्रतिभा धिताल छन्द सम्मान २०८० बाट नुवाकोटकी सुमित्रा सुमी, ७ हजार ५ सय नगद राशिको इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान पत्रकार सरिता दहाल र ११ हजार १११ नगद राशिको टीकादत्त मायादेवी कुलकुमारी सम्मान काठमाडौंकी प्रभा बराललाई सम्मान गरिएको छ ।
यसैगरी १५ हजार एक रुयैयाँको अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट काठमाडौंका नेत्र एटम, ३ हजार ५ सय रुपैयाँ नगद राशिको मंगलादेवी श्रेष्ठ स्मृति बाल प्रतिभा साहित्य सम्मानबाट मकवानपुरकी प्रसिद्धि लामिछाने, ५ हजार रुपैयाँ नगद राशिको मुक्तितारा नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँलाई सम्मान गरिएको छ ।
१० हजार रुपैयाँ नगद राशिकोसुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० मकवानपुरका साहित्यकार दीपक गौतमलाई प्रदान गरिएको छ भने आँचल साहित्य कला पुञ्जले स्थापना गरेको यसवर्षको आँचल साहित्य सम्मान २०८० बाट हरिवंश भेटवाललाई सम्मान गरिएको छ ।
आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मानित साहित्यकारहरुले रचना वाचन गर्नुका साथै समकालीन नेपाली साहित्यमा लैंगिक चेतसम्बन्धी बहसका साथै अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगिता समेत सम्पन्न भएको छ ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...











-1782436668.jpg)





