Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

आँचलद्वारा विभिन्न विद्याका ९ जना स्रष्टा सम्मानित

Capture-1714271254.JPG

१६ बैशाख, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले शनिवार एक वृहत् साहित्यिक तथा साँस्कृतिक समारोहकाबिच ९ जना स्रष्टाहरुलाई नगद सहित सम्मान गरेको हो ।
आँचलकी अध्यक्ष भावना सापकोटाका अनुसार आँचलले १० हजार नगद राशिको बालकुमारी जगन्नाथ भेटवाल स्मृति साहित्य सम्मान बाट रौतहट जिल्लाकी रेणुका जीसीलाई सम्मान गरिएको जानकारी गराइन् । १० हजार नगद राशिको प्रतिभा धिताल छन्द सम्मान २०८० बाट नुवाकोटकी सुमित्रा सुमी, ७ हजार ५ सय नगद राशिको इश्वर लम्साल स्मृति पत्रकारिता सम्मान पत्रकार सरिता दहाल र ११ हजार १११ नगद राशिको टीकादत्त मायादेवी कुलकुमारी सम्मान काठमाडौंकी प्रभा बराललाई सम्मान गरिएको छ । 
यसैगरी १५ हजार एक रुयैयाँको अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट काठमाडौंका नेत्र एटम, ३ हजार ५ सय रुपैयाँ नगद राशिको मंगलादेवी श्रेष्ठ स्मृति बाल प्रतिभा साहित्य सम्मानबाट मकवानपुरकी प्रसिद्धि लामिछाने, ५ हजार रुपैयाँ नगद राशिको मुक्तितारा नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँलाई सम्मान गरिएको छ ।
१० हजार रुपैयाँ नगद राशिकोसुन्तलीमाया श्रेष्ठ युवा प्रतिभा सम्मान २०८० मकवानपुरका साहित्यकार दीपक गौतमलाई प्रदान गरिएको छ भने आँचल साहित्य कला पुञ्जले स्थापना गरेको यसवर्षको आँचल साहित्य सम्मान २०८० बाट हरिवंश भेटवाललाई सम्मान गरिएको छ । 
आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सम्मानित साहित्यकारहरुले रचना वाचन गर्नुका साथै समकालीन नेपाली साहित्यमा लैंगिक चेतसम्बन्धी बहसका साथै अन्तरविद्यालयस्तरीय एकल गायन प्रतियोगिता समेत सम्पन्न भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार