१८ बैशाख, हेटौंडा । सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र नकुहिने फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण भएको छ ।
खानेपानी सरसफाइ डिभिजन नम्बर १ मकवानपुरको सहयोगमा मकवानपुरगढी गाउँपालिका ५ मा रहेको शारदा मावि र बकैया ७ भिरकोटमा रहेको जनक माविमा कार्यक्रम भएको हो । सचेतनासहित समुदाय तहमा स्वच्छ र सुरक्षित खानेपानी सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो ।
दुवै विद्यालयलाई सरसफाइ तथा कुहिने र नकुहिने फोहर व्यवस्थापन सामग्री समेत सहयोग गरिएको थियो । संस्थाका सचिव निलम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि डिनाले सरसफाई र खानेपानीमा ध्यान नदिँदा ग्रामीण क्षेत्रमा धेरै सर्वसाधारण विभिन्न रोगको संक्रमणमा पर्ने गरेको भन्दै यसतर्फ ध्यान दिन अनुरोध गरिन् ।
‘गर्मी बढ्दो छ । गर्मीमा यसैपनि विभिन्न रोगले आक्रमण गर्दछ, यो समयमा खानेपानी र सरसफाईमा विशेष ध्यान दिन जरुरी छ’, कांग्रेस सहमहामन्त्री डिनाले भनिन्, ‘विद्यालयस्तरमा यस्ता कार्यक्रम गर्दा सचेतना अभियानमा पक्कै टेवा पुग्ने विश्वास लिएका छौं ।’
मकवानपुरगढीमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तान, वडा अध्यक्ष दिपेश दाहाल, प्रधानाध्यापक ईन्द्र कार्की, कांग्रेसका नेताहरु आनन्दराम पराजुली, यतिराज सापकोटा, प्रमिला खतिवडा, ईश्वर पण्डित, भीम लामा, उत्सव ईटेनी, संजय श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ का अधिकृत सुभद्रा रेग्मी, प्रशिक्षक प्रल्हाद तिमल्सिना, संस्थाका सदस्य ईश्वरी शिल्पकार, अमृता थापालगायतको आतिथ्यता रहेको थियो ।
यस्तै बकैयामा भएको कार्यक्रममा कांग्रेस नेताहरु दामोदर खनाल, मिठाराम दाहाल, सुनिल अधिकारी, राजन घिमिरे, रामशरण माझीलगायत उपस्थित थिए । आगामी दिनमा मकवानपुरका अन्य विद्यालयमा समेत सामग्री सहयोग र तालिमको आयोजना गरिने सामुदायिक महिला विकास केन्द्रका सचिव निलम देवकोटाले जानकारी दिइन् ।
४ जेठ, हेटौडा । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले पिस पार्कमा निर्माण गरेको सालकको...
४ जेठ, हेटौंडा । नेपाली कांग्रेस बकैया गाउँपालिकाले शुक्रबार बकैयाको हात्तिसुँढेमा क्रियाशिल नविकरण तथा...
४ जेठ,हेटौंडा। प्रतिनिधिसभाको शुक्रबार बस्ने भनिएको बैठक सूचना टाँस गरी स्थगन गरिएको छ । बैठक जेठ ६ गते आइतबार...
४ जेठ, काठमाडौं । राष्ट्रियसभा बैठक आज पनि स्थगित भएको छ । शुक्रबार शुरु भएलगत्तै कांग्रेस सांसदहरुले अवरोध...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
४ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि सरेको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सूचना...
४ जेठ, काठमाडौं । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने भएको छ । भारतको बिहार राज्यको मधुबनी...
४ जेठ, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको...
४ जेठ, काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...