२३ बैशाख, हेटौंडा । भीम विराग संगीत साहित्य कला प्रतिष्ठान हेटौंडाद्वारा साहित्य कला तथा संगित क्षेत्रमा क्रियाशील ९ जनालाई सम्मान गरेको छ । प्रतिष्ठानले शनिबार हेटौँडामा एक कार्यक्रम आयोजना गरी साहित्य, संगीत, कला र पत्रकारितातर्फका विभिन्न विधामा योगदान गरेका तथा क्रियाशील ९ जनालाई सम्मान गरेको हो ।
प्रतिष्ठानले साहित्यतर्फ योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय साहित्य पुरस्कार २०८० बाट सुनसरीकी कुन्ता शर्मा, गीत संगितको माध्यमबाट योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय संगीत पुरस्कार २०८० बाट मकवानपुरका लाल श्रेष्ठ, कला पुरस्कारमा योगदान पु¥याएको भन्दै भीम विराग राष्ट्रिय कला पुरस्कार २०८० बाट मकवानपुरका कलाकार बीएस राना र पत्रकारिताका क्षेत्रबाट साहित्य कला तथा संगितमा योगदान गरेको भन्दै भीम विराग राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट ललितपुरका जयदेव भट्टराईलाई पुरस्कृत गरेको हो । भट्टराई मधुपर्कका पूर्वसम्पादक समेत हुन् । उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरेको हो ।
त्यस्तै प्रतिष्ठानले तुलसीमाया–शिवकुमारी सृजनशील नारी सम्मानबाट १५ हजार रुपैयाँ सहित मञ्जु खराल, शिला नारी पुरस्कार १५ हजार रुपैयाँसहित निरु मगर र २० हजार रुपैयाँको रामकृष्ण बानियाँ स्मृति लोक संगीत पुरस्कार पम्फा थापा मगरलाई प्रदान गरेको छ ।
त्यस्तै १० हजार रुपैयाँ राशीको मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कार सीमा मिश्र र अजित सेन गुप्ता भिन्न क्षमता पुरस्कार बाराकी अञ्जु धिताललाई प्रदान गरिएको छ । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठ तौजलले लगाएतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...












-1782436668.jpg)





