२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको प्रदेश शिक्षा निर्देशनालयको भवनमा स्थापना गरिएको सम्पर्क कार्यलयको प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गरेका छन् ।उनले प्रदेशमा स्थापना हुने सार्वजनिक विश्वविद्यालयले प्राविधिक र व्यावसायिक शिक्षालाई जोड दिने बताए । विश्वविद्यालयको स्थापनाले शैक्षिक बेरोजगार उत्पादन न्यूनीकरणमा टेवा पुग्ने उनले विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले विश्वविद्यालयलाई व्यवस्थित र स्थायित्व दिन नयाँ मोडलमा ऐन बनाएको उल्लेख गर्दै बागमती विश्वविद्यालयमा बोर्ड अफ ट्रष्टीको व्यवस्था गरिएको जानकारी दिए । उनले बागमती विश्वविद्यालयलाई स्वायत्त मोडलमा अघि बढेको दावी पनि गरे ।
कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणी पौडेलले नेपालमा शिक्षाको गुणस्तर खस्किएकोले त्यसलाई बागमती विश्वविद्यालयले परिपूर्ति गर्नुपर्ने बताए । उनले शिक्षाका लागी बिदेशिने परम्परा बढेको तर्फ सबैजना सचेत रहनुपर्ने उल्लेख गर्दै प्रदेश विश्वविद्यालयले व्यवहारिक र प्राविधिक शिक्षा दिन सके विदेशिन क्रमलाई रोक्न सकिने बताए ।
प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले सामाजिक विकास मन्त्रालयका सचिव भुसाललाई बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गरेका थिए । बोर्ड अफ ट्रष्टिजको प्रमाणपत्र प्रदान गरेसँगै बागमती प्रदेश विश्वविद्यालय स्थापना र सञ्चालनका लागि थप प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ ।
प्रदेश उच्च शिक्षा ऐन २०७८ मा भएको व्यवस्था अनुसार सार्वजनिक विश्वविद्यालयको सञ्चालन र व्यवस्थापनका लागि तयार गरिएको विधानमा विश्वविद्यालय सभा, विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टिज), प्राज्ञिक परिषद्, कार्यकारी परिषद् र सेवा आयोग गठनको व्यवस्था गरिएको छ ।
६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...
६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशका पहाडी...
६ जेठ, दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...
५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...
५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...