Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

हेटौंडामा हुने ३ दिने युवा सम्मेलनको तयारी पुरा

Capture-1715087749.JPG

२५ बैशाख, हेटौैँडा । बागमती प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषदको आयोजनामा प्रदेशको राजधानी हेटौँडामा यहि बैशाख २८ देखि ३० गतेसम्म हुने युवा सम्मेलनको तयारी पुरा भएको छ । मंगलबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजा गर्दै सम्मेलनको तयारी पुरा भएको जानकारी गराइएको हो । 
युवालाई सामाजिक र सार्वजनिक जीवनमा सहभागी गराउने, नवप्रवर्तन र उद्यमशीलता विकास गर्ने लगाएतका उद्देश्यले सम्मेलनको आयोजना गर्न लागीएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिए । सम्मेलन युवाहरुको क्षमता विकास तथा उद्यमशीलता र रोजगारीसँगै सिप विकासमा उपयोगी हुने उपाध्यक्ष चौलागाईँको दावी छ । उनले सम्मेलनले पछिल्लो समय युवा पुस्तामादेखिएको चरम निराशालाई चिर्दै आशा र उर्जा थप्न मद्धत गर्ने विश्वास व्यक्त गरेका छन् । 
सम्मेलनमा विभिन्न क्षेत्रमा रहेर काम गरिरहेका १८ देखि ३० वर्षका २०० बढी युवाहरुको सहभागिता निश्चित भइसकेको उपाध्यक्ष चौलागाईले जानकारी दिए । सम्मेलनमा युवाको सहभागितालाई प्रभावकारी बनाउन १३ जिल्लाका सामुदायिक क्याम्पसका उत्कृष्ट विद्यार्थी, आदिवासी जनजाति, दलित, सिमान्तकृत समुदायबाट महिलालाई प्राथमिकता दिएर सहभागी गराउने तयारी रहेको उनको भनाई छ ।
सम्मेलनमा शिक्षा, सिप, नवप्रवर्तन, रोजगारी र नीतिगत सुधारका ५ वटा फरक फरक बिषयहरु समेटेर विभिन्न चरणमा छलफल गरिने बताइएको छ । यस्तै सम्मेलनको अन्तिम दिन बागमतीको राजधानी चिनाउने र बागमतीलाई पहिचान गराउने कार्यक्रम रहने छ भने युवासंग मुख्यमन्त्री कार्यक्रम आयोजना गरी छलफलमा उठेका विषयहरु र राज्यले गरिरहेका पहल र भएका कमजोरीका बारेमा छलफल गरिने छ ।
‘युवा सिप वर्ष २०८१’ घोषणा गरिने
सम्मेलन पश्चात २०८१ लाई सिप वर्ष घोषणा गर्ने तयारी गएिको पनि उपाध्यक्ष चौलागाईँले जानकारी दिए । जसअन्तर्गत प्रदेशका ५ हजार युवालाई सिपमुलक तालिम प्रदान गरी उद्यमशिलता तर्फ अग्रसर गराउने तयारी रहेको उनको भनाई छ । उपाध्यक्ष चौलागाईंले विभिन्न १० वटा क्षेत्रमा एकसय बढी पेशाका सिप सिकाई सिप परीक्षण पश्चात बिउपुँजी प्रदान गर्नेगरी कार्यक्रम तयार गरिएको जानकारी दिए । उनले कार्यक्रम अन्तर्गत निर्माण, कृषि, सेवा, होटल तथा पर्यटन, होजियारी तथा तयारी पोशाक र सूचना तथा सञ्चारको क्षेत्रमा तालिम दिइ सिप परिक्षण सहितको व्यवस्था गरिने बताए । तालिम स्थानीय तह, सामुदायिक विद्यालय, कलेज, सामाजिक संस्थाहरुको समन्वयमा सञ्चालन गरिने र तालिम पश्चात सामाजिक विकास मन्त्रालय, सीटीईभीटी र प्रदेश युवा परिषद्को त्रिपक्षीय सम्झौतामा सिप परीक्षण हुने उपाध्यक्ष चौलागाईले बताए । विगतका तुलनामा केही फरक शैलीका तालिम प्रदान गरिने उनको भनाई छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार