२५ भदौ, हेटौँडा । हेटौँडा–२ मा रहेको विलक्षण बचत तथा ऋण सहकारी संस्थाको आठौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
सभामा अध्यक्ष विश्वराज बानियाँले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष भीमकुमार श्रेष्ठले लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष अजय अग्रवालले ऋण उपसमिति प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमन्तकुमार ढुंगेलले लेखासमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा उत्कृष्ट बचतकर्ता शारदा श्रेष्ठ, उत्कृष्ट ऋणीमा मालति लामा र पवनकुमार खड्कालाई सम्मान गरिएको थियो । यसैगरी, कर्मचारीतर्फ बचत संकलकमा सरस्वति महत, प्रभा सापकोटा, उत्कृष्ट ऋण असुलीमा पुजा बलामीलाई पुरस्कृत गरिएको थियो ।
जिल्ला सहकारी संघका अध्यक्ष बद्रीप्रसाद लम्सालको प्रमुख आतिथ्यता एवं संस्थाका अध्यक्ष विश्वराज बानियाँको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान, संस्थाका सल्लाहकार रामचन्द्र पौडेल, शेयर सदस्य रामजी सापकोटा, व्यवस्थापक अच्युत देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
७ जेठ, काठमाडौं। सोमबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ। बैठक...
७ जेठ, पर्सा । पर्साका सीमानाका तीन दिन बन्द हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साले जेठ १० देखि १२ गते...
७ जेठ,हेटौंडा । साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा सुन...
७ जेठ, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने भएका छन् । प्रतिनिधि सभाको सोमबार बिहान ११...
७ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी, मधेश, लुम्बिनी, ...
६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...
६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...
६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...
६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ अघिल्लो दिनको तुलनामा...
२ जेठ, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बागमती गाउँपालिकामा बुधबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको...
५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...
४ जेठ, काठमाडौं । मकवानपुरको मनहरी–६ स्थित चितवन राष्ट्रिय निकुञ्जमा हात्तिको आक्रमणबाट एकजनाको मृत्यु भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...
३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...
५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...