Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

आज श्रीपञ्चमी, विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरीदैँ

saraswati-1516586454.jpg

८ माघ, हेटौँडा । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।
वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । यस दिन देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्ने श्रद्धालुको भीड लाग्ने गर्दछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ । यस दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने जनविश्वास छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् भने तान्त्रिक तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्दछन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ ।
ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धा्ङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व छ । गान्धर्व पुराणमा यस दिन सरस्वतीको पूजागरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
यस दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु पर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।
सरस्वतीलाई चढाइएको सात गेडा अक्षता दाँतले नछोइ निलेमा विद्या र बुद्धि स्फूरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास पनि छ ।

20180122_082901-1516590168.jpg

हेटौडा ६मा रहेको सुनगाभा शिक्षा निकेतनमा सरस्वती पुजा गरिदै

20180122_082902-1516590169.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार