Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

कोशीमा हिक्मतलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय झिकाउन आदेश

img-04-1716370537.jpg

९ जेठ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्कीलाई हटाएर नेकपा एमालेका हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख प्रर्शुराम खापुङको निर्णय झिकाउन आदेश दिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालकाे इजलासले निर्णय झिकाउने आदेश दिएको हो।
गत वैशाख २८ गते कार्कीले सर्वाेच्च अदालतमा दायर गरेको रिटमा आज पूर्ण इजलासमा सुनुवाइ भएको हो। गत असोज २७ गते संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की २६ चैतबाट अल्पमतमा परेका थिए।
अल्पमतमा परेपछि पनि उनले विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङले स्वतः पदमुक्त भएको उल्लेख गर्दै २६ वैशाखमा नयाँ सरकार गठनको आह्वान गरेका थिए। सोही आह्वानपछि एमाले र माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री बनेका थिए।
हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएकै दिन पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। रिटमा मुख्यमन्त्री हिक्मत कार्कीको नियुक्ति बदर र संविधान अनुसार आफ्नो पदमुक्त हुने व्यवस्था नभएकाले मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको माग गरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरको राक्सिराङमा जंगली च्याउ खादा १ को मृत्यु ४ गम्भीर
images(9)-1719157430.jpg

९ असार, हेटौंडा। मकवानपुरको  राक्सिराङमा जङ्गली च्याउ खादा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका...

प्रतिनिधि र राष्ट्रियसभाको बैठक बस्दै
1641373260_1615078427_san-1719111147.jpg

९ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा राष्ट्रियसभामा उत्पति...

डुम्रे-बेसिसहर सडकखण्डमा पहिरो
images(1)-1719108425.jpg

९ असार, डुम्रे । पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति देखि परेको वर्षाका कारण...

सवारी दुर्घटनामा एकजनाको मृत्यु
death_body-1719103686.jpg

९ असार, हेटौंडा । भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भक्तपुर–१ घलातेमा सल्लाघारीबाट...

भारतले बंगलादेशलाई ५० रनले हरायो
fd58jb2_india-afp_625x300-1719103308.jpg

९ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719102672.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा...

नेकपा एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि छनोट
CPN-Unified-Socialist-1-1719044871.jpg

८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार...

नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा
muglin-sadak1665069580-1719044535.jpg

८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय...

संसद‍्मा अनिवार्य उस्थिति हुन कांग्रेस सांसदलाई निर्देशन
Nepali-Congress-Samsadiya-1719020720.jpg

८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद‍्मा अनिवार्य उस्थिति हुन...

थप समाचार