Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

कांग्रेस बागमती प्रदेशले गर्यो जेठ १३ को आन्दोलनको तयारी

Screenshot_20240524_21104-1716564730.jpg

११ जेठ, हेटौंडा । नेपाली कांग्रेसले आगामी जेठ १३ गते काठमाण्डौंमा गर्ने विरोध प्रर्दशनका लागि कांग्रेस बागमती प्रदेशले तयारी बैठक गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयको निर्देशनअनुरुप कांग्रेस बागमती प्रदेशको सम्पर्क कार्यालय बालकुमारी काठमाडौंमा शुक्रबार बसेको बैठकले लाखौं जनता सम्मिलित सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानविन समिति गठन गरी तत्काल छानबिनको माग गर्दै कांग्रेसले आईतबार गर्ने विरोध प्रदर्शन तयारीका लागि बैठक गरेको हो । 
काठमाडौंको प्रदर्शनलाई प्रभावकारी बनाउन उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका १५ वटै निर्वाचन क्षेत्रका पार्टीको संरचना, भातृ तथा शुभेच्छुक संघसंस्थालाई परिचालन र व्यवस्थापन गर्ने विषयमा छलफल भएको थियो ।
बैठकपछि बोल्दै कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले सरकारद्वारा सहकारी ठगीलाई संरक्षण, संसदभित्र सत्तापक्षका नेताहरुको धम्कीपूर्ण अभिव्यक्ति, संसदीय चरित्र र अभ्यासको बिरुद्ध रहेको बताउँदै सहकारीको रकम अपचलन गरेको आरोप लागेका उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले आफू मातहतका निकायलाई प्रभावमा पारेर आफूमाथि भइरहेको अनुसन्धान रोक्दै प्रमाण नष्ट गर्न लागिपरेकाले कांग्रेसले तत्काल संसदीय छानबिनको माग गरेको बताए ।
बैठकले सहकारी अपचलनको विषयमा प्रमाणसहित आउँदा पनि छानविन गर्न नखोजी जर्वजस्ती ढंगबाट सत्तापक्ष लागेकोमा कांग्रेस बागमती प्रदेशले निन्दा र आपत्ती व्यक्त गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
केदार कार्कीले सर्वोच्चमा दायर गरेको रिट खारेज
img-04-1719366038.jpg

१२ असार, हेटौंडा । कोशी प्रदेशमा सरकार गठन विवादसम्बन्धमा पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा...

एमाले अध्यक्ष ओली र चीनका उपविदेशमन्त्रीबीच भेटवार्ता
kp_XbwPfGaWgy-1719365812.jpg

१२ असार, हेटौंडा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपविदेशमन्त्री सुन...

एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
Neb-national-exam-board-1719365430.png

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719364979.jpg

१२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको छ। देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।...

मकवानपुरमा चट्याङ लागेर दुईजना घाइते
IMG_20240330_201538-1719330138.jpg

११ असार, हेटौंडा। मंगलबार दिउँसो मकवानपुरको छुट्टा छुट्टै दुई स्थानमा परेको चट्याङ लागेर  दुई जना घाइते भएका...

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
1565258714_barsaman_pun_s-1719317322.jpg

११ असार, हेटौंडा । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा...

सक्रिय महिला उद्योगद्वारा दालमोठ र चिप्स उत्पादन शुरू
IMG_20240625_124124-1719316669.jpg

११ असार, हेटौंडा । हेटौंडा-६ मा रहेको सक्रिय महिला उद्योगले दालमोठ र चिप्स उत्पादन शुरू गरेको छ । १० महिलाहरू...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो
Gold-1719294006.jpg

११ असार, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार ३...

विकिलिक्सका संस्थापक असाञ्ज बेलायती जेलबाट रिहा
Assange-1719292330.jpg

११ असार, हेटौंडा । विकिलिक्सका संस्थापक जुलियन असाञ्ज बेलायती जेलबाट रिहा भएका छन् । अमेरिकी प्रशासनसँगको...

थप समाचार