२ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम प्रदान गरिएको छ।
हेटौंडा वडा नम्बर ७को आर्थिक सहयोगमा पहिलो पाइला नामक संस्थाको सहकार्यमा हेटौंडा ७, नागस्वतीमा एकल तथा विपन्न महिलाले जनै बनाउने तालिम दिइएको हो। एक हप्तासम्म सञ्चालित तालिमको शनिबार समापन गरिएको हो। एक हप्तासम्म तालिममा सिकेको शीपलाई व्यवहारमा उतार्दै आगामी दिनमा जनै बनाउन सक्रिय रहने तालिमका सहभागीहरुको भनाई छ ।
यता कार्यक्रम संयोजक शर्मीला खनालले बेरोजगारी रहनु भन्दा सिप सिक्दा स्वरोजगार हुन सहयोग पुग्ने र तालिममा बनाइएको जनै स्थानीय तथा आवश्यकता अनसार बाहिर पनि विक्री वितरणका लागि पठाइने बताइन्। पहिलो पाइलाका अध्यक्ष शोभा खतिवडाको अध्यक्षता भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यतामा रहेको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष गौतमले हिन्दु धर्माबलम्बीले लगाउने जनै बाहिरबाट आयात गर्नुपर्ने अवस्थामा स्थानीय महिलालाई तालिम प्रदान गर्दै जनैको आवश्यकता परिपूर्ति गराउँन तथा वडाका एकल तथा विपन्न महिलालाई स्वरोजगार बनाउन सहयोग पुग्ने बताएका छन्। जनै बनाउने तालिमको रुपा तिमल्सिना र बेली दुलालले प्रशिक्षण दिएका थिए।जेठ २७ गतेबाट सुरु भएको तालिम शनिबार सम्पन्न भएको र तालिममा वडाका २५ जना महिलाले सहभागिता जनाएको तालिम संयोजक शर्मिला खनालले बताइन्।
९ असार, हेटौंडा । प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रियसभामा उत्पति...
९ असार, डुम्रे । पहिरो जाँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्ध भएको छ । शनिबार राति देखि परेको वर्षाका कारण...
९ असार, हेटौंडा । भक्तपुरमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । भक्तपुर–१ घलातेमा सल्लाघारीबाट...
९ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शनिबार राति खेलिएको ‘सुपर-८’ चरणको खेलमा भारतले बंगलादेशलाई...
९ असार, हेटौंडा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा...
८ असार, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले दशौँ राष्ट्रिय महाधिवेशनका लागि देशभरबाट एक हजार...
८ असार, हेटौंडा । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय...
८ असार, हेटौंडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बजेट पारित नहुञ्जेलसम्म संसद्मा अनिवार्य उस्थिति हुन...
८ असार, हेटौंडा । आईसीसी टी-२० विश्वकप क्रिकेटको शुक्रबार राति सम्पन्न रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले...
३२ जेठ, ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा गए राति पहिरोमा पुरिएर एकै परिवारका चारजनाको मृत्यु...
२९ जेठ, हेटौंडा। मकवानपुरमा आगलागीबाट गाउँपालिका अध्यक्षको घर जलेर नष्ट भएको छ। मंगलबार बिहान मकवानपुरगढी-३...
७ असार, हेटौँडा । हेटौँडा–२ मा रहेको सिद्धार्थ माविमा विद्यालय क्याप्टेन, सह-क्याप्टेन, सदन क्याप्टेन र...
२ असार, हेटौंडा। मकवानपुरको हेटौंडा वडा नम्बर १९ दारीमटार भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक युवकको उपचारको...
२९ जेठ, हेटौंडा। हेटौंडामा अत्यधिक गर्मी बढेपछी सरकारी तथा निजी बिद्यालय दुई दिनका लागि बिदा दिइएको छ । पढ्न आएका...
२८ जेठ, कमलामाई। सिन्धुलीमा गस्तीमा रहेको प्रहरीको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ प्रहरीको ज्यान...
२ जेठ, हेटौंडा। विरगंजबाट बस चढेर हेटौंडा आउदै गरेका एक युवकको मृत्यु भएको छ। आइतबार दिउँसो विरगंजबाट हेटौंडा...
३२ जेठ, हेटौंडा । नेपाल सरकारले असार ३ गते सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले शुक्रबार असार ३ गते सार्वजनिक...
३१ जेठ, हेटौंडा। नेपाल प्रहरीका ३ प्रहरी उपरीक्षक (एसपी) को काजमा सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले...