Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

मनहरीको नीति तथा कार्यक्रम:पत्रकारलाई फिल्ड भिजिट, विपन्नलाई दाहसंस्कार खर्च

Screenshot_20240619_21420-1718812654.jpg

५ असार, हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१। ०८२मा  शिक्षा, स्वास्थ्य, कृषिलाई विशेष प्राथमिक दिदै सामाजिक र पूर्वाधार विकास देखि विपन्न परिवारलाई दाहसंस्कारका लागि आर्थिक सहयोग गर्ने निती सार्वजनिक गरेको छ। 

बुधबार गाउँपालिकाको १५ औ गाउँसभामा  नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले यस्तो बताएका हुन् ।विद्यालयबाट विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्ने निती सहित विपन्न, लोपोन्मुख जाति वनकरिया, चेपाङ, आदिवासी जनजाति, जेष्ठ नागरिकका लागि हित हुनेगरी समृद्ध मनहरीको सपना साकार बनाउने र गाउँपालिकाले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई विशेष जोड दिएको छ । 

गाउँपालिकाले एक वडा एक कृषि उत्पादन कार्यक्रम, उपयोगिता, माटो परीक्षण प्रयोगशाला निर्माण र निःशुल्क माटो परीक्षणको व्यवस्था गरिने जनाइएको छ।  कृषि तथा पशुपन्छी सम्बन्धी प्राविधिक सेवा नागरिकका घरदैलोमा पहुँच पु¥याउन दरवन्दी अनुरुपका कर्मचारी पदपुर्ति गर्ने, सार्वजनिक बाँझो जमिनमा खेति गरी उत्पादन बढाउने नीति लिइने भएको छ । मनहरीले खेलकुद क्षेत्रमा फुटबल एकेडेमी संचालनका लागि सम्भाव्यता अध्ययन गर्ने, अध्यक्ष कप फुटबल र उपाध्यक्ष कप भलिबल प्रतियोगितालाई निरन्तरता दिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। 

त्यसैगरी स्वास्थ्य तर्फ गर्भवती महिलाका आधारभूत जाँच र भिडियो एक्सरे निःशुल्क र मोतिविन्दुका बिरामी फेला परे निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको छ। त्यसैगरी गाउँपालिकाले आगामी आर्थिक वर्षमा संचारकर्मीसंग फिल्ड भिजिट कार्यक्रमलाई निरन्तरता दिएको छ। गाउँपालिकाले चालु प्रकृतिक खर्च घटाइ मितव्ययीता कायम गर्ने नीति सार्वजनिक गरेको छ। प्रत्येक वडाको बजार क्षेत्र तथा मुल बाटोमा वैकल्पिक उर्जा सोलार बत्ती जडान गर्ने,न्यायिक कार्यलाई लैङ्गिक समावेशीय बनाइने उल्लेख गरेको  छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु
death_body-1719795323.jpg

१७ असार, हेटौंडा । सर्लाहीमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिवन...

एसईई मौका परीक्षा साउन २३ गतेदेखि हुने
Screenshot_20240626_16580-1719794684.jpg

१७ असार, हेटौंडा । माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि हुने राष्ट्रिय परीक्षा...

मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1719793674.jpg

१७ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ। देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी,...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो
Petrol-Pump-1719762439.jpg

१६ असार, हेटौंडा। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। आइतबार राति १२ बजेबाट लागु हुनेगरी...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1719734467.jpg

१६ असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल...

गण्डकी प्रदेशसभा सदस्य देवकोटा दोस्रो पटक मन्त्री
Fanindra-Sapath-1719733733.jpg

१६ असार, हेटौंडा । गण्डकी प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा दोस्रो पटक मन्त्री बनेका छन् । उनलाई प्रदेश प्रमुख...

प्रतिनिधिसभाको बैठक आज बस्दै
1565258714_barsaman_pun_s-1719721749.jpg

१६ असार, हेटौंडा । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे संसद भवन नयाँबानेश्वरमा...

संसद दिवस विविध कार्यक्रम गरी मनाइँदै
1641373260_1615078427_san-1719721500.jpg

१६ असार, हेटौंडा । आज असार १६ गते अर्थात् संसद दिवस नेपालमा यस दिवसलाई विविध कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष...

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदै
nekapasamajbadi1629539097-1719712384.jpg

१६ असार, हेटौंडा । नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज शुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष...

थप समाचार