Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

हेटौंडामा ठुलो परिणाममा विद्युतीय चुरोट (भेप) सहित ५ पक्राउ

FB_IMG_1718962710171-1718962849.jpg

सुनिल शिवाकोटी 

७ असार, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाबाट ठुलो मात्रामा विद्युतीय चुरोट (भेप) बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल नेतृत्व टोलीले बिहीबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा – ११ थानाभर्याङबाट दुई करोड ७१ लाख मुल्यको ५८ कार्टुन विद्युतीय चुरोट भेप तथा भेपको फ्लेवरहरू सहित ५ जना पक्राउ गरिएको जनाएको छ। यस बारेमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि यस बारे जानकारी गराएको हो। 

प्रहरीले काठमाण्डौबाट हेटौडा हुँदै भारतको दिल्ली तर्फ जानको लागि आउदै गरेको ना ६ ख ७१६३ नम्बरको यात्रु बाहक बसलाई चेकजाँचका क्रममा सुटको  माथिल्लो  सिलिङको भागमा फल्स वटम बनाई सो फल्स बटम भित्र अबैध भन्सार छली चोरी पैठारी गरी ल्याईएको दुई करोड ७१ लाख २१ हजार ७ सय असि रुपैया मुल्य बराबरको अबैध भन्सार छलि चोरी पैठारी गरी ल्याएको ५८ कार्टुन भेप तथा भेपको फ्लेवरहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिएका छन्। 

सामान सहित  बस चालक दोलखा भिमेश्वर  २ का ३७ वर्षको सलाम मोक्तान, सह चालक उदयपुर कटारी नगरपालिका वडा नम्बर – ११ बस्ने २७ वर्षको प्रबिन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा नंबर ७ बस्ने ३९ वर्षको ईन्द्र बहादुर दर्जी, सोही ठाउँका ३० वर्षिय सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा नंबर १६ बस्ने २९ वर्षिय राज कुमार हिमाङलाई पक्राउ गरिएको जनाइएको छ । पत्रकार सम्मेलन मार्फत प्रहरीले पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको छ। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

सांसद देवकोटालाई संसद प्रवेशमा रोक
Phanindra-1719477828.jpg

१३ असार, पोखरा । सर्वोच्चको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1719456688.jpg

१३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719456318.jpg

१३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

झलनाथ खनालले घनश्याम भुसाललाई सहयोग गर्ने
JN-ghanshyam-1719401331.jpg

१२ असार, हेटौंडा । एकीकृत समाजवादीको भावि अध्यक्षमा सम्मानित नेता झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग...

एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने
Screenshot_20240626_16580-1719400395.jpg

१२ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोली (बिहीबार) बिहान...

चट्याङ लागेर २ जनाको मृत्यु
Chatyang-1719387708.jpg

१२ असार, कैलाली । कैलाली छुट्टाछुट्टै स्थानमा परेको चट्याङ लागेर २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719387221.jpg

१२ असार, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको हो...

थप समाचार