Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले हरायो

Cricket-WC-2024-T20-ENG-R-1719193772.jpg

१० असार, हेटौंडा । आईसीसी टी–२० विश्वकपको ‘सुपर ८’मा इंग्ल्यान्डले अमेरिकालाई १० विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य इंग्ल्यान्डले कुनै पनि विकेट नगुमाई मात्र ९.४ ओभरमा भेट्टायो ।
इंग्ल्यान्डका कप्तान जोस बट्लरले विस्फोट ब्याटिङ गर्दै ३८ बलमा ८३ रन बनाए । उनले ६ चौका र ७ छक्का प्रहार गरे । त्यस्तै फिल साल्टले २१ बलमा २५ रन जोड ।
यसअघि केन्सिङ्टन ओवल बार्बाडोस स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले १८.५ ओभरमा अलआउट हुनुअघि एक सय १५ रन मात्र बनाउन सक्यो ।
उसका लागि नितिश कुमारले सर्वाधिक ३० रन जोडे । २४ बलको सामना १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै कोरी एन्डरसनले २८ बलमा २९ रन बनाए । हरमित सिंहले २१, स्टिभन टेलरले १२, कप्तान एरोन जोन्सले १० रनको योगदान दिए ।
इंग्ल्यान्डका लागि क्रिस जोर्डनले घातक बलिङ गरे । २.५ ओभर बलिङ गरेका उनले मात्र १० रन खर्चिएर ह्याट्रिकसहित ४ विकेट लिए । साम करन र आदिल रसिदले पनि २–२ विकेट लिए । अमेरिकाले अन्तिमका पाँच विकेट ६ बलमा कुनैपनि रन नजोडी गुमायो ।
जितसँगै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको छ । अमेरिका भने प्रतियोगिताबाट बाहिरिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
बानियाँद्वारा टसी मोलम गुम्बाको नवनिर्मित भवनको उद्घाटन
Screenshot_20240628_14380-1719564789.jpg

१४ असार, हेटौंडा । मकवानपुरगढी गाउँपालिका रानीसेरास्थित टसी मोलम गुम्बाको नवनिर्मित भवन उद्घाटन गरिएको छ...

सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु बनाएर भूकम्प
images-1719541647.jpg

१४ असार, हेटौंडा। सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान १ बजेर २८...

भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा
fd58jb2_india-afp_625x300-1719536273.jpg

१४ असार, हेटौंडा । भारत आइसिसी टी-२० विश्वकपको फाइनलमा पुगेको छ। सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719535621.jpg

१४ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा...

सुनचाँदीको मूल्य घट्यो
Gold1-1719478803.jpg

१३ असार, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको तोलाको ८०० रुपैयाँले घटेको हो । छापावाल...

एसईईको ग्रेडबृद्धि परीक्षा साउन १९ र १९ गते
National-Examination-Boar-1719478184.jpg

१३ असार, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षाको मिति तोकेको...

सांसद देवकोटालाई संसद प्रवेशमा रोक
Phanindra-1719477828.jpg

१३ असार, पोखरा । सर्वोच्चको आदेशपछि प्रदेशसभा पुगेका गण्डकीका सांसद फणीन्द्र देवकोटालाई रोक लगाइएको छ । बिहीबार...

राष्ट्रियसभा बैठक बस्दै
1704418546_national-sava-1719456688.jpg

१३ असार, हेटौंडा । राष्ट्रियसभा बैठक बस्दै छ । दिउँसो १ः१५ बजे बस्ने बैठकमा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1719456318.jpg

१३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव  रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम...

थप समाचार