Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

राजनीति

नयाँ सरकार गठन गर्नेबारे कांग्रेस र एमालेबिच सहमति

deuba-oli-1719883099.jpg

१८ असार, हेटौंडा । नयाँ सरकार गठन गर्नेबारे दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच सहमति भएको छ । सोमबार मध्यरातमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सहमति पत्रमा हस्ताक्षर भएको हो ।
दुई दलबिच भएको वार्तामा सहभागी का‌ंग्रेस नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । सहमतिअनुसार दोस्रो कार्यकाल देउवाको नेतृत्वमा सरकार गठन हुनेछ ।
सहमतिमा कुन पार्टीले कति मन्त्रालय लिनेदेखि प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषयमा पनि समावेश छन् । एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेस प्रदेश सरकारको नेतृत्व मधेसवादी दललाई नै दिने सहमति बनेको हो ।
यसै गरी निर्वाचन प्रणाली लगायतमा संविधान संशोधन गर्नका लागि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा संविधान संशोधन सुझाव समिति बनाउने पनि सहमति बनेको बैठकमा सहभागी नेताले बताए ।
ती नेताका अनुसार संविधान संशोधनका लागि प्रारम्भिक सहमतिको मस्यौदा तयार गरिएको छ । उक्त मस्यौदामा समानुपातिक प्रतिनिधित्वका आधारमा चुनिएर आउने सांसदलाई राष्ट्रिय सभा लैजाने तथा उपराष्ट्रपतिलाई सभाको अध्यक्ष बनाउने उल्लेख छ । यता प्रदेश सभामा समानुपातिक तर्फको प्रावधान हटाएर प्रत्यक्ष निर्वाचितलाई मात्रै राख्ने विषय समेटिएको छ ।
यसअघि कांग्रेस र एमाले नेताहरु राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न राष्ट्रपतिको कार्यालय शीतल निवास पुगेका थिए । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड विश्वास मत लिन असफल भए संविधानको धारा ७६ को २ अनुसार नै सरकार आह्वानको परिस्थिति निर्माणका लागि उनीहरू शीतल निवास पुगेको बताइएको छ ।
यसअघि २०७९ पुस १० मा देउवाले संसद्को पहिलो दलको हैसियतमा संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्री बन्ने योजना बनाएपछि कांग्रेस र एमालेको सत्ता सहकार्यको प्रयासमा ब्रेक लागेको थियो । कांग्रेस पृष्ठभूमिका राष्ट्रपति पौडेललाई विश्वासमा लिएर ओलीले सरकारबाट समर्थन फिर्ता लिन चाहेको कांग्रेस नेताहरू बताउँछन् । (रातोपाटीबाट)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
लागूऔषध कोकिनसहित दुई जना पक्राउ
Arrested-1720078541.jpg

२० असार, काठमाडौं । नेपाल प्रहरीले ठमेलबाट अवैध लागूऔषध कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा...

अशोक राई नेतृत्वको जसपाको समर्थन कांग्रेस-एमाले गठबन्धनलाई
Ashok-Rai-1720077773.jpg

२० असार, काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीको गठबन्धनलाई अशोक राई नेतृत्वको जनता समाजवादी...

प्रधानमन्त्रीसंगको भेटपछि रास्वपाका मन्त्रीहरुले दिएनन् राजिनामा
RSP-1720075822.jpg

२० असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट राजीनामा दिएर बाहिरिन बालुवाटार गएका...

सुनको मूल्य बढ्यो
Gold1-1720074985.jpg

२० असार, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन बिहिबार तोलामा एक हजार ६ सय रुपैयाँले बढेको हो...

राष्ट्रियसभाको बैठक बस्दै
1704418546_national-sava-1720062168.jpg

२० असार, हेटौंडा । राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक दिउँसो सवा १२ बजे बस्ने भएको हो । बैठकमा विनियोजन विधेयक,...

प्रधानमन्त्री दाहाल नेतृत्वको सरकार अल्पमतमा
Prachanda1688723814-1720060386.jpg

२० असार, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको छ । सत्ता समीकरणको...

मकवानपुरको भीमफेदीमा जंगली च्याउ खादा ७ जना विरामी
Screenshot_20240704_08112-1720060000.jpg

२० असार, हेटौंडा। मकवानपुरको भीमफेदीमा जंगली च्याउ खादा एकै परिवारका ७ जना  विरामी परेका छन्। बुधबार साँझ...

रास्वपाद्वारा महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन
1715001447_mukul_dhakal-1-1720059818.jpg

२० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्री डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1720059223.jpg

२० असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।  कोशी, ...

थप समाचार