१६ माघ, हेटौँडा । दिव्यतारा बहुद्देश्यीय सहकारी संस्थाद्धारा सञ्चालित रेडियो मकवानपुर १०१.३ मेगाहर्जको आठौं वार्षिकोत्सवको अवसरमा मंगलबार सहिदको योगदानः साहित्यमा चर्चा विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । मकवानपुरका साहित्यकारहरुको सहभागितामा रेडियोको सभाहलमा कार्यक्रम भएको हो ।
सहिद दिवसको अवसरसमेत पारेर आयोजना गरिएको कार्यक्रममा बोल्ने मकवानपुरे साहित्यकारहरुले नेपाली साहित्यमा सहिदको योगदानको बारेमा साहित्यिक रचनाहरु रचिएको भए पनि सहिदहरुको जति मात्रामा चर्चा हुनुपर्ने हो त्यति नभएको बताए ।
राणा शासनदेखि राजतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्ममा सहिदको महत्वपूर्ण योगदान रहेको उनीहरुको भनाइ थियो । सहिदको त्याग तपस्या र बलिदानबाट नेपालमा राणा शासन र राजतन्त्र हटेर लोकतान्त्रिक व्यवस्था आएको बक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा साहित्यकार साम्ब ढकाल, निमेष निखिल, ह्यागृव आचार्य, घनश्याम घिमिरे, तुल्सी घिमिरे, पूर्णकला घिमिरे, देवराज खरेल, विष्णु प्रसाद गौतम, अनिता न्यौपाने, मुना अर्याल, देवराज तिवारी, सुवास खनाल, उमेश तिमल्सिना, धर्मराज स्याङ्तान, यस लामालगायतले साहित्यमा सहिदको योेगदानको चर्चाको बारेमा बोलेका थिए । कार्यक्रम रेडियोका स्टेशन संयोजक राममणि दाहालको अध्यक्षतामा भएको थियो ।
यसैविच रेडियोले वार्षिकोत्सवको अवसरमा ट्रान्सपरेन्सी इन्टरनेशनलसँगको सहकार्यमा बुधबार बिहान ११ बजे भुकम्पपछिको पुनर्निर्माणको अवस्थाका बारेमा मकवानपुर गढी गाउँपालिका–२ स्थित शिखरकट्टेरीमा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ । सार्वजनिक सुनुवाइ कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गर्ने रेडियोका संयोजक दाहालले जानकारी दिए ।
यस्तै रेडियोले हरेक वर्ष जिल्लाको आर्थिक सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका दुईजनालाई प्रदान गर्दै आएको सामुदायिक सम्मान यस बर्ष पनि माघ २२ गते प्रदान गर्ने भएको छ ।
रेडियो सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाले आफ्नो २० औँ स्थापना दिवश पनि माघ २२ गते नै मनाउने सहकारीले जानकारी दिएको छ । सामुदायिक सम्मान तथा सहकारीको स्थापना दिवसका अवसरमा हुने कार्यक्रम सिचाई मन्त्री सञ्जयकुमार गौतमको प्रमुख आतिथ्यमा हुने संयोजक दाहाले बताए ।
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...
२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...
२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...
२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...
२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...











-1782436668.jpg)





